कोरोना भाइरस चिनियाँ प्रयोगशालाबाटै फैलिएको हो, मसँग प्रमाण छ : ट्रम्प

 वैशाख १९, २०७७ शुक्रबार ८:५८:२९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड १९) चिनियाँ प्रयोगशालाबाटै फैलिएको दाबी गरेका छन् ।

एकातिर अमेरिकी जासुसी एजेन्सी कोरोना भाइरस जानीबुझी उत्पन्न नभएको बताइरहेको छ भने अमेरिकी राष्ट्रपति ट्रम्पले यो भाइरस चीनको वुहान शहरमा रहेको प्रयोगशालाबाट फैलिएको दाबी गरेका हुन् । 

बिहीबार एक जना पत्रकारले ट्रम्पलाई प्रश्न गरे– कोरोना भाइरस वुहान इन्स्टिच्युट अफ् भायरोलोजीबाटै फैलिएको हो भनेर आत्मविश्वासका साथ कसरी भन्न सक्नुहुन्छ ? के तपाईँसँग कुनै प्रमाण छ ? 

यो प्रश्नको उत्तर दिँदै ट्रम्पले भने, ‘अवश्य मसँग छ । चीनको प्रचारप्रसार गरिरहेकोमा विश्व स्वास्थ्य सङ्गठनलाई लाज हुनुपर्ने हो । डब्ल्यूएचओ चीनको पब्लिक रिलेशनको रुपमा काम गरिरहेको छ ।’

‘चीनले जानीबुझी वा भुलवश यस्तो गल्ती गरेको हो, यसबारेमा भने थाहा छैन । अथवा कुनै लक्ष्य पूरा गर्न गरेको हो । मलाई थाहा छ, मानिसहरुलाई हुबेई प्रान्तदेखि बाहिर बाँकी चीनमा जाने अनुमति थिएन तर पूरै विश्वमा जाने अनुमति थियो । पूरै चीनमा आवत जावतमा प्रतिबन्ध लगाइएको थियो तर विश्वभर जानका लागि कुनै प्रतिबन्ध थिएन । यो निकै गलत भयो । यो निकै कठिन प्रश्न हो र यसको उत्तर पाउन बाँकी छ’, ट्रम्पले भने । 

कोरोना भाइरसका कारण विश्भर अहिलेसम्म ३२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् भने दुई लाख ३१ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । 

यद्यपि कोरोनाको कारण अमेरिका सबैभन्दा धेरै प्रभावित भएको छ । सङ्क्रमित हुने र ज्यान गुमाउने दुवैको सङ्ख्या अमेरिकामा धेरै छ । अमेरिकामा १० लाख ९५ हजारभन्दा धेरैकाे सङ्क्रमण पुष्टि भएकाेमा ६३ हजार आठ सयभन्दा धेरैकाे ज्यान गएकाे छ । 

काेराेना भाइरसलाई लिएर पछिल्लाे समय अमेरिका र चीनबीच वाकयुद्ध चलिरहेकाे छ । ट्रम्पले लगातार चीनमाथि आराेप लगाउँदै आए पनि चीनले अस्वीकार गर्दै आइरहेकाे छ । 

अन्तिम अपडेट: मंसिर १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया