यस्तो छ उदयपुरमा भेटिएका कोरोना सङ्क्रमित १२ भारतीय नागरिकको नेपाल प्रवेश गरेदेखिको ‘यात्रा विवरण’

 वैशाख ६, २०७७ शनिबार ८:४४:२७ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के मस्जिदमा रहेका १२ भारतीय कोरोना सङ्क्रमितहरु विराटनगरको जोगवनी नाका हँदै नेपाल प्रवेश गरेको खुलेको छ । 

ट्राभल हिस्ट्री अनुसार उनीहरु विराटनगरको जोगबनी नाकाबाट नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी वीर बहादुर बुढामगरले जानकारी दिनुभयो । उनीहरु यसअघि वीरगन्जमा भेटिएका सङ्क्रमितसँगै सुनसरी र सप्तरीका कार्यक्रममा सहभागी भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

‘१२ जनाको सो समूहसँग मोरङका चार जना थपिएर उनीहरुसँगै मोरङ, सुनसरी र सप्तरीको बोदेबरसाइन, राजविराज, फत्तेपुर लगायतका ठाउँमा पुगेर शिक्षा दिँदै उदयपुर प्रवेश गरेको पाइएको छ’, एसपी बुढामगरले भन्नुभयो, ‘उनीहरुले फागुन २५ गते उदयपुर प्रवेश गरेको बताएका छन् ।’

प्रहरीका अनुसार गएको फागुन ३–५ गतेसम्म सप्तरीको वोदेबर्साइन नगरपालिका– ५ जाँजरमा भएको नेपाल इज्तिमा सहभागी भएका उनीहरु राजविराज हुँदै उदयपुर आइपुगेका थिए । उनीहरु उदयपुरका दुई वटा मस्जिदमा पुगेका थिए । उनीहरु चौदण्डीगढी नगरपालिका ५ शिवाईको मस्जिदमा पुगेर शिक्षा दिँदै लकडाउनको समयमा त्रियुगा नगरपालिका ३ भुल्केका मस्जिदमा आईपुगेका थिए ।

उनीहरुको कन्ट्याक ट्रेसिङ सुरु गरिएको प्रहरी प्रमुख मगरले बताउनुभयो ।  त्रियुगा नगरपालिका–३ भुल्केको मस्जिदमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ प्रहरीले सिल गरेको छ ।

‘हामीले मस्जिदलाई सिल गरिसकेका छौँ’, मगरले भन्नुभयो, ‘यहाँबाट थप कोरोना फैलिन नदिन आवश्यक अन्य स्वास्थ्य सुरक्षाका उपाय पनि अपनाउँदैछौँ।’ 

संक्रमित १२ जना र अन्य ४ गरि १६ जनालाई उपचारको लागि विराटनगर स्थित कोरोना अस्पतालको आइसोलेशनमा लगिएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया