सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिन देशभरि लकडाउन गरेको छ । यो अवस्थामा अत्यावश्यक काम बाहेक सायद कसैले गाडी चलाउंदैनन् । बाध्यतामा कसैले गाडी चलाउदै हुनुहुन्छ भने कोरोना भाइरस संक्रमणको जोखिम कम गर्ने कुरामा ध्यान दिनु जरुरी छ ।
लकडाउन अवधिमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनैतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधन चलिरहेका छन् । त्यसैले यस्ता गाडी चलाउदा वा चढ्दा निम्न कुरामा ध्यान दिनुहोस् ।
१) गाडी स्यानिटाइज गर्ने
गाडी सडकमा निकाल्नुभन्दा पहिला पूरै गाडीलाई किटाणुनाशकको प्रयोग गरी स्प्रे गर्नुपर्छ । यस्तै गाडीको डोर लक, स्टेयरिङ ह्विल, गियर ह्यान्डल, सिटबेल्ट जस्ता छोइरहनु पर्ने भागमा स्यानिटाइजर लगाएर बेलाबेलामा सफा गर्नुपर्छ । त्यसैले स्यानिटाइजर बोक्न बिर्सनु हुँदैन ।
२) पञ्जा लगाउने
गडी चढ्दा वा चलाउदा पञ्जा लगाउनै पर्छ । गाडीको सिट सफा गर्दा वा अरु पार्टस्हरु छुँदा पनि पञ्जा खोल्नु हुदैन । हातबाट भाइरस संक्रमणको जोखिम धेरै हुने भएकाले पञ्जाले जोखिम कम गर्नसक्छ ।
३) कसैसँग नजिकै सम्पर्कमा नबस्ने
अत्यावश्यक अवस्थामा बाहिर निस्किंदा भेट भएका जोकोहीसँग सम्पर्कमा नबस्ने । यात्राको समयमा सकेसम्म अन्य व्यक्तिसँग सम्पर्क कम गर्नु उचित हुन्छ । भेट्नै परेको बेला दूरी कायम राख्ने ।
४) पार्किङ गर्दा वरपरका गाडीभन्दा टाढा राख्ने
गन्तव्यमा पुगेपछि आफ्नो गाडी पार्किङ गर्दा अरुको भन्दा केही दूरीमा पार्किङ गर्नुपर्छ । पार्किङमा राखेको गाडीबाट निस्कँदा हातमा स्यानिटाइजर अनि मुखमा मास्क लगाउनु पर्छ । काम सकेर गाडी चढ्दा पनि स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।
५) गाडीमा अनावश्यक सामान नराख्ने
गाडी चलाउनुअघि गाडीमा भएका सबै सामान स्यानिटाइज गर्नु पर्छ । सामान्य बेलाजस्तो यो समयमा यात्रा गर्दा नचाहिने सामान गाडीमा राख्नु हुँदैन । आवश्यक पर्ने सामानलाई स्यानिटाइज गरेर राख्ने र खुल्लै नराख्ने गर्यो भनेपनि रोग संक्रमणको जोखिम कम हुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।
Ambika pradad banjara
March 31, 2020, 12:50 p.m.गाडी सेनिटाइज गर्न कुन केमिकल वा बस्तु प्रयोग गर्ने एनि आइडिया ।।