६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ - लकडाउनको अवज्ञा गर्ने १ हजार ८ सय ७६ जनालाई आज काठमाण्डौ उपत्यकाबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज बिहानैदेखि दिउँसो दुई बजेसम्म काठमाण्डौ बाट १ हजार ६ सय ३८ जना पक्राउ परेका र तीमध्ये १ हजार ५ सय ३५ जनालाई छोडिएको छ । भक्तपुरबाट ८४ जना नियन्त्रणमा लिएको र ६६ जनालाई छोडिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।
यस्तै ललितपुरबाट नियन्त्रणमा आएका १ सय ५४ जनालाई पनि केही समय अगाडी छोडिएको छ ।
यसैगरी सरकारले लागू गरेको लकडाउन अवज्ञा गर्ने २ सय १ ओटा सवारी साधनलाई पनि आज काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । १ सय ८८ ओटा दुई पाङ्ग्रे र १३ ओटा चार पाङ्ग्रेलाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
नियन्त्रणमा लिएका सवारी साधन राती समय मिलाएर ट्राफिक प्रहरीले छोड्ने गरेको छ । सवारी साधन नियन्त्रणमा लिएपछि त्यसमा रहेका व्यक्तिलाई भने ट्राफिक प्रहरीले जनपद प्रहरीको जिम्मा लगाउँदै आएको छ ।
लकडाउनको सातौं दिन देशभर आज पनि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनैतिक नियोग, एम्बुलेन्स, अत्यावश्यक र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका सवारी साधन मात्र चलिरहेका छन् । अन्य सवारी साधन चलाउन भने निषेध गरिएको छ ।
सरकारले गएको ११ गतेबाट देशभर लक डाउन गरेसँगै अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई पनि घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । एक साताका लागि गरेको लकडाउन आउने चैत २५ गते राती १२ बजेसम्मका लागि लम्बिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।