६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ - भक्तपुरको जडीबुटीदेखि सूर्यविनायक सडकखण्डमा गुड्ने सार्वजनिक,निजी तथा मालवाहक गाडीले छुट्टाछुट्टै लेन अनुशासन पालना गर्नुपर्ने भएको छ ।
बुधबारदेखि यस सडकखण्डमा रोकिएर चल्ने र नरोकि छिटो चल्ने गाडीले छुट्टाछुट्टै लेनको प्रयोग गर्नुपर्ने ट्राफिक प्रहरी महाशाखाले जनाएको हो । प्रहरीका अनुसार टिप्पर, बस, भाडाका गाडी जस्ता रोकिएर चल्नुपर्ने सवारीले बायाँ र नरोकी छिटो चल्नुपर्ने गाडीले दायाँ साइडको लेनको प्रयोग गर्नुपर्ने छ ।
अन्तर्राष्ट्रिय मान्यताअनुरुप लेन अनुशासन पालनाको नियम लागू गरिएको ट्राफिक प्रहरी प्रमुख, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले बताउनुभयो ।
नियम लागू भएको सूर्यविनायक-जडिबुटी सडकखण्डमा नियम पालनाका लागि एक हप्ता अनुरोध गरिने र त्यसपछि पनि नमाने कारबाही र जरिबाना गरिने उहाँले बताउनुभयो ।
लेन मिच्ने चालकलाई पनि १ हजारदेखि १५ सयसम्म जरिबाना हुने पूर्व ट्राफिक प्रहरी इञ्चार्ज सिताराम हाछेथुले बताउनुभयो । ट्राफिक व्यवस्थापन गर्नुका साथै जाम नियन्त्रण गर्ने उद्देश्यसहित ट्राफिक प्रहरीले ३ सदस्यीय सुधार सुझाव समिति गठन गरेको छ ।
समितिले कार्यस्थलको निरीक्षण, यातायात र ट्राफिक व्यवस्थापनलाई सहज बनाउन आवश्यक अध्ययन गरी सुधारका लागि कदम पनि चाल्ने ट्राफिक प्रमुख भीमप्रसाद ढकालले बताउनुभयो ।
सुधार सुझाव समितिमा ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) जीवनकुमार श्रेष्ठ, प्रहरी निरीक्षक (इन्सेपेक्टर) दामोदर सिलवाल र पूर्व ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथु हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।