६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ - मानिसहरु दिनहुँ नभए पनि बेला बेलामा नुहाउने गर्छन्। सफा लुगा लगाएर चिटिक्क परेर हिँड्छन् । रोग नलागोस् भनेर खानपान र बानी ब्यहोरामा ध्यान दिने गर्छन् । रोग लाग्दा डाक्टरलाई देखाउने र औषधि खाने गर्छन् ।
मानिसले आफूलाई स्वस्थ र सफा राख्नका लागि गर्ने कार्यलाई मर्मत सम्भार भन्न सकिन्छ । मान्छेजस्तै मोटरसाइकललाई पनि सुुरक्षित र राम्रो अवस्थामा राख्न मर्मत सम्भारको आवश्यकता पर्दछ ।
त्यसका लागि मोटरसाइकललाई बेलाबेलामा धुने, पखाल्ने गर्नुपर्छ । मोटरसाइकलमा लागेको धुलो र हिलोले पार्टपुर्जामा खिया लाग्ने र पार्टपुर्जा कमजोर हुँदै जाने भएकाले धुने गर्नुपर्छ ।
मोटरसाइकललाई समय–समयमा वर्कशपमा लगेर सर्भिसिङ गराउनुपर्छ । सर्भिसिङ गर्दा सकेसम्म जुन कम्पनीको मोटरसाइकल हो, त्यही कम्पनीको आधिकारिक वर्कशपमा लगेर बनाउनुपर्छ ।
किनभने हरेक कम्पनीले आफ्नो मोटरसाइकल, त्यसमा प्रयोग भएका पार्टपुर्जा, तिनले गर्ने कामलगायतका विभिन्न कुराहरुमा धेरै जाँच, अनुसन्धान र प्रयोग गरेको हुन्छ । साथै आधिकारिक वर्कशपमा काम गर्ने प्राविधिकलाई सम्बन्धित कम्पनीले विभिन्न तालिम दिएको हुन्छ ।
त्यसैले आधिकारिक वर्कशपमा मर्मत, सम्भारका लागि मोटरसाइकल लग्दा राम्रो सुविधा र सेवा पाउन सकिन्छ । जुन विश्वसनीय पनि हुन्छ । अरु वर्कशपमा मर्मत गर्दा त्यस्तो स्तरीय र सोचेको सुविधा पाउन गाह्रो हुन सक्छ ।
मोटरसाइकलको पार्टपुर्जा फेर्नुपरेमा सम्बन्धित कम्पनीकै आधिकारिक पार्टपुर्जा प्रयोग गर्नुपर्छ । यसको लागि पनि कम्पनीले तोेकेको आधिकारिक वितरकबाट किन्नुपर्छ । यसले तपाईंले खरिद गरेको सामान भरपर्दो र विश्वसनीय हुन्छ ।
साथै आधिकारिक वितरकबाट किनेको पार्टपुर्जा सम्बन्धित कम्पनीले विभिन्न जाँच र प्रयोग गरेर बनाएको हुन्छ । त्यसैले लामो समय टिक्छ । आफूले बनाएको र बेचेको मोटसाइकललाई लक्षित गरी कम्पनीले पार्टपुर्जा बनाउने हुनाले पार्टपुर्जाले राम्रोसँग काम गर्दछन् । राम्ररी काम नगरको खण्डमा वारेन्टी वा ग्यारेन्टी भए साट्न वा फेर्न पाइन्छ ।
त्यसैले आफूले प्रयोग गर्ने मोटरसाइकलको मर्मत सम्भारमा सबैले विशेष ध्यान दिनुपर्छ । यसले मोटरसाइकलको क्षमता कायम राख्दछ भने यात्रा सुरक्षित राख्न मद्दत गर्छ
मोटरसाइकलको सर्भिसिङ गर्दा विशेष ध्यान दिनुपर्ने कुराहरु
१. मोबिल र मोबिल फिल्टर परिर्वतन गर्ने
२. टायर रहेको हावा र भएको क्षतिको जाँच गर्ने
३. एयर फिल्टर सफा गर्ने
४.स्पार्क प्लगको जाँच गर्ने
५. चेन जाँच गर्ने र मिलाउने
६. ब्याट्री र तारहरुको अवस्था हेर्ने
७. क्लच र ब्रेक मिलाउने
८. हेड लाइट, ब्याक लाइट र साइड लाइट जाँच्ने
९. फेर्नुपर्ने सामान परिवर्तन गरिहाल्ने
१०. कार्बाेरेटर र पेट्रोलका पाइपहरु सफा गर्ने
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।