पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
काठमाण्डौ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रोबोटमार्फत यात्रुलाई सेवा दिन थालिएको छ ।
संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बिहीबार रोबोट सेवाको उद्घाटन गर्नुभएको हो । ‘पर्यटन परी’ नाम दिइएका दुई वटा रोबोटहरुले विमानस्थलमा यात्रुलाई अभिवादन गर्नेछन् । त्यस्तै रोबोटले सेटिङ गरिए अनुसारका सूचना टचस्क्रीनमार्फत उपलब्ध गराउने छ।
रोबोटहरु विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिने छ । रोबोटहरुले अंग्रेजी र चिनियाँ भाषमा संवाद गर्ने र पर्यटकहरुलाई नेपालका पर्यटन गन्तव्य भिसा प्रक्रिया लगायतका विषयमा जानकारी गराउने छन् ।
रोबोट सेवाको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधिमैत्री र आधुनिक बन्दै गएको बताउनुभयो । उहाँले यात्रुहरुलाई विमानस्थालको भिन्नै पहिचान दिने र नेपाल पनि प्रविधिमा फड्को मार्दैछ भन्ने सन्देश दिने बताउनुभयो ।
मन्त्री भट्टराईले रोबोट सेवा प्रभावकारी भएमा निर्माण हुँदै गरेका अन्य अन्तर्राष्ट्रिय विमानस्थलमा समेत स्थापित गर्ने बताउनुभयो । रोबोटको सञ्चालन मन्त्रालय, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन बाेर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त प्रयासमा गरिएको हो ।
प्रति रोबोट लागत २० लाख रुपैयाँ रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।