यू–१९ एशिया कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
मंसिर १८, २०८१ मंगलबार
गएको दशैँमा घटस्थापनाको राति तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार गरेको भन्ने समाचार वनको डढेलोझैँ जब फैलियो, त्यसले सबैलाई स्तब्ध बनायो । यति ठूलो सार्वजनिक पदमा बसेको व्यक्तिमाथि बलात्कारको आरोप लागेको यो घटना नेपालको इतिहासमै पहिलो थियो ।
सुरुमा महराले यस्तो कुकृत्य गरको हो भन्नेमा धेरैले विश्वास गर्न सकेनन् ।
सञ्चारमाध्यम र सामाजिक सञ्जालमा जब यो प्रसङ्ग छ्यापछ्याप्ती आयो अनि प्रहरीले तत्परता देखाएर महरालाई गिरफ्तार गर्यो र घटनास्थलबाट प्रमाणहरु सङ्कलन गरेर उहाँविरुद्ध मुद्दाको प्रक्रिया अगाडि बढायो । केही घण्टापछि पीडित महिलाले महरा आफ्नो पिता सामान भएको भन्दै बलात्कारसम्बन्धी आरोपबाट पछि हट्नुभयो । त्यसको केही घण्टापछि फेरि उहाँले मिडियासमक्ष बलात्कार प्रयास भएकै हो भन्दै केही कदम अगाडि बढ्नुभयो । साथै आफूमाथि कुटपिट समेत भएको भन्दै महराविरुद्ध किटानी जाहेरी दिनुभयो ।
त्यसपछि महराले सभामुख पदबाट राजीनामा दिनुपर्यो । उहाँले पद मात्र गुमाउनु परेन । इज्जत, प्रतिष्ठा र चरित्र रातारात खरानी भयो । उहाँ शून्यमा झर्नुभयो ।
बलात्कारको आरोप लागेको झण्डै चार महिनापछि काठमाण्डौ जिल्ला अदालतले उहाँलाई सफाइ दिएको छ । यसबीचमा महराले सभामुख पद मात्र गुमाउनुभएन । उहाँकै पार्टीका नेता अग्निप्रसाद सापकाेटा नयाँ सभामुखमा चुनिएर आएपछि उहाँको सभामुख पदमा फर्किने सम्भावना सकिएको छ । सभामुखको निर्वाचन अगाडि अदालतले सफाइ दिएको भए सभामुख पदका लागि उहाँ योग्य ठहरिन सक्नुहुन्थ्यो । उम्मेदवार भएर फेरि सभामुखमा चुनिनसक्नु हुन्थ्यो ।
बलात्कार भएको भनिएको राति आफू रोशनी शाहीको घर नगएको बयान बारम्बार अभियुक्त महराले दोहोर्याउनुभयो । महराविरुद्ध प्रहरीसमक्ष किटानी जाहेरी दिनुभएकी शाहीले अदालतमा न्यायाधीशसमक्ष महराबाट बलात्कार त टाढाको कुरा, त्यो राति महरा आफ्नो घरमै नआउनुभएको बयान दिनुभएको थियो । यही बयानको आधारमा महराले सफाइ पाउनुभयो ।
अदालतको फैसलालगत्तै शाहीले फैसलाको स्वागत मात्रै गर्नुभएन, महरा राजनीतिक षड्यन्त्रको शिकार भएको बताउनुभयो । यसरी पीडित भनिएको महिलाले आफूविरुद्ध आएको फैसलाको स्वागत गर्नु आफैमा अनौठो हो । यस्तै अनौठो सबैलाई त्यति बेला लागेको थियो जब महरामाथि बलात्कारको आरोप लगाएको केही घण्टापछि शाहीले आफूले मानसिक असन्तुलनको अवस्थामा मिडियामार्फत् बलात्कारको आरोप लगाएको बयान दिनुभएको थियो ।
बलात्कारको आरोप लगाउने शाही पनि महराकै माओवादी पार्टीको पृष्ठभूमिकी हुनुहुन्छ । माओवादीको भूमिगत राजनीतिदेखि नै महरा र शाहीबीच चिनजान र नजिकको सम्बन्ध थियो भन्ने कुरा स्पष्ट भइसकेको छ । उहाँहरुको सम्बन्धमा ठाकठुक परेर वा केही तलमाथि भएर शाहीले भनेजस्तै मानसिक असन्तुलनको अवस्थामा महरामाथि मिथ्या आरोप लगाउनुभयो कि शाहीले भनेजस्तै महरा राजनीतिक षड्यन्त्रको शिकार हुनुभयो । यो पक्ष ज्यादै विचारणीय छँदैछ ।
तर सबभन्दा विचारणीय पक्ष के हो भने गम्भीर प्रकृतिको आरोपमा अदालतबाट सफाइ पाएपछि महराले गुमाउनुभएको पद र प्रतिष्ठाको भरपाई कसले गर्ने ? त्यो भरपाई सम्भव छ कि छैन ? यदि सम्भव छ भने त्यसको भरपाई कसरी हुन्छ र कहिलेसम्म हुन्छ ? र अर्को सबभन्दा महत्वपूर्ण प्रश्न–अदालतबाट सफाइ पाएपछि महराले साँच्चिकै शाहीलाई बलात्कार प्रयास गर्नुभएको थिएन भन्ने नयाँ तथ्य समाज र देश, दुनियाँले पत्याउँछन् त ?
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय यादव राजनीति र समसामयिक विषयमा लेख्न रुचाउनुहुन्छ ।
Suman Bhattarai
Feb. 17, 2020, 9:20 p.m.झुटो बयान दिएर कसैको अपमान गर्ने लाई मुद्दा चल्छ कि चल्दैन?