उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
मोरङ - नेपाली काङ्ग्रेसले प्रदेश १ को प्रदेश सभाकाे बैठक अवरुद्ध गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काङ्ग्रेसका नेता विजयकुमार गच्छदारविरुद्ध दर्ता गरेको भ्रष्टाचार अभियोगको विराेधमा संसद अवरुद्ध गरेको हो ।
सदन सुरु भएलगत्तै नेपाली काङ्ग्रेसले उठेर सदन अवरुद्ध गरेको थियो । सभामुख प्रदीपकुमार भण्डारीले पटक-पटक सदन सुुरु गर्न आग्रह गरे पनि काङ्ग्रेसले सदन अगाडि बढ्न दिएन।
विचार र आस्थाको आधारमा गच्छदारमाथि मुद्दा दायर गरेको आरोप लगाउँदै सरकारलाई ज्ञानेन्द्रको हालतमा पुर्याउने चेतावनी दिनुभएको छ । नेपाली काङ्ग्रेसका सचेतक सुयर्माराज राईले पूर्व राजा ज्ञानेन्द्र शाहलाई जनताले नै नागार्जुन पुर्याएकाे स्मरण गराउँदै सरकार नसच्चिए शाहकै हालतमा पुर्याउने चेतावनी दिनुभएकाे छ ।
राईले कसैलाई मुद्दा चलाउने कसैलाई मुद्दा नचलाउने गर्न नपाइने बताउनुभएको छ । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल, बाबुराम भट्टराई पूर्व मुख्य सचिव लिलामणि पौडेल, नेकपाका महासचिव विष्णु पौडेल र न्यायाधीश कुमार रेग्मीलाई समेत कारबाहीको दायरामा ल्याउन राईले माग गर्नुभयाे ।
एउटै प्रकृतिको मुद्दामा अख्तियारले कसैलाई काखा र कसैलाई पाखा गरेर राजनीतिक निर्णय गरेकाले आफूहरु विरोधमा उत्रिएको उहाँले बताउनुभयो । काङ्ग्रेसले अवरुद्ध गरेपछि प्रदेश सभाको बैठक सोमबार दिउँसो २ बजेसम्मको लागि स्थगित भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।