६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै - कोराेना भाइरस सङक्रमणबाट बच्न मास्कको प्रयोग बढेपछि बजारमा यसको अभाव सुरु भएको छ । भारतले मास्कको निर्यात रोकेसँगै अभाव बढेको हो ।
भाइरसको महामारी बढ्दैै गएपछि सावधानी अपनाउन मास्कको प्रयोग गर्नुपर्ने भएकाले माग बढेको छ । सर्जिकल मास्क वा मेडिकल मास्कले किटाणु रोक्छ भन्दै डाक्टरले लगाउन सुझाव दिएका छन् । तर कतिपयलाई कसरी लगाउने, कस्तो मास्कले काम गर्छ, कुन खालको मास्क लगाउनेजस्ता विषय राम्ररी थाहा छैन ।
मास्कले कसरी काम गर्छ ?
अहिले बजारमा धेरैखालको मास्क पाइन्छ । त्यसमध्ये सर्जिकल मास्क आमनागरिकले धेरै प्रयोग हुने गरेका छन् । कपडाको मास्कले राम्ररी काम गर्दैन । त्यसैले सर्जिकल मास्कको प्रयोग बढेको छ । अर्काे, विश्व स्वास्थ्य संगठनले मान्यता दिएको एन नाइन्टिफाइब मास्क ९५ प्रतिशतसम्म किटाणु रोक्ने भएकाले यसलाई एन नाइन्टिफाइभ भनिएको हो । यस मास्कको बनोट र काम पनि फरक किसिमको छ ।
मेडिकल मास्क
यदि कुनै व्यक्तिलाई सङ्क्रमण भएको छ र रुघाखोकी वा श्वासप्रश्वाससम्बन्धी रोग लागेको छ भने खोक्दा, हाच्छ्यु गर्दा, बोल्दा निस्किने सानासाना कणलाई रोक्ने काम यो मास्कले गर्छ ।
मेडिकल मास्कको सबैभन्दा महत्वपूर्ण काम भनेको एउटा बिरामी मान्छेबाट अर्कोमा यसले सङ्क्रमण सर्नबाट रोक्छ ।
‘एन नाइन्टिफाइभ’ जस्तो मेडिकल मास्क प्रभावकारी छैन, तर राम्रोसँग लगायो भने यसले ७० देखि ८० प्रतिशत किटाणुलाई सर्नबाट रोक्छ । यसको प्रयोग गर्दा ठूलो खालको मास्क लगाउनु हुँदैन । यसले दुबैतिरबाट किटाणु छिर्न सक्ने हुन्छ । त्यसैले आफूलाई उपयुक्त हुने मास्कको प्रयोगा गर्नुपर्छ ।
बिरामी भेट्न जानुपर्ने भयो भने भेट्न जाने व्यक्तिले मास्क लगाउनै पर्दछ । फेरि अर्काे बिरामी भेट्न जानुपर्दा मास्क फेर्नु पर्दछ । मेडिकल मास्क बिरामीले लगायो भने रोग अरुलाई सर्ने सम्भावना कम हुन्छ ।
मास्कले गर्ने काम
मेडिकल मास्कमा तीन वटा तह हुन्छ । सबै तहले गर्ने काम फरक फरक हुन्छ ।
– सबैभन्दा बाहिरको तहमा पानी र थुक टाँसिदैन त्यसलाई रिपेल गर्छ ।
– बीचमा रहने तहलाई फिल्टर भनिन्छ, यसमा सानासाना जीवाणु र भाइरसलाई फिल्टर गर्ने क्षमता हुन्छ ।
– भित्रको तहलाई हाइडोफिलिक तह भनिन्छ, यसले लगाएको व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा निस्किने थोपा वा कणहरुलाई रोक्ने गर्छ ।
– यसले प्रदुषणलाई भने रोक्न सक्दैन ।
– सकेसम्म एन नाइन्टिफाइभ मास्क लगाउनुपर्छ । तर सामान्य अवस्थामा सर्वसाधारणले मेडिकल मास्क लगाउँदा पनि हुन्छ ।
तर सङ्क्रमित व्यक्तिको प्रत्यक्ष सम्पर्कमा बस्ने व्यक्ति छ भने उसले एन नाइन्टिफाइभ मास्क पूरै उपयुक्त तरिकाले लगाउनुपर्छ ।
मास्क लगाउने तरिका र ध्यान दिनुपर्ने कुरा
बजारमा जति नै हल्ला फैलिए पनि मास्कको रङ्गीन भागलाई बाहिर पारेर लगाउनुपर्छ ।
यसलाई विश्व स्वास्थ्य संगठनले पनि मान्यता दिएको छ ।
मास्कको एउटा भागमा अलि कडा डण्डीजस्तो हुन्छ त्यसलाई नाकमा मिलाएर कसिलो गरी लगाउनुपर्छ ।
मास्क खुकुलो छ र छेउबाट हावा छिरेको छ भने त्यसले काम गर्दैैन ।
मास्कको सादा भागलाई जहिले पनि भित्र पार्नुपर्छ ।
अर्काे महत्वपूर्ण कुरा भनेको मास्क लगाए पनि ‘ह्याण्ड हाइजिन’ भनिन्छ, यसको व्यवस्थापन गर्न जान्नुपर्छ ।
कुनै बिरामीलाई छोएपछि, कसैसँग हात मिलाएपछि वा घरबाहिर निस्केर फर्किएपछि साबुन पानीले हात धुनुपर्छ ।
लगाउने समय
‘युज एण्ड थ्रोे नाम दिएको डिस्पोजेबल मास्क भएकोले यसलाई एक पटक प्रयोग गरेपछि फाल्नुपर्छ ।
यसलाई धोएर, सुकाएर र उल्टो फेरेर लगाउनु हुँदैन ।
एन नाइन्टिफाइभ मास्कमध्ये कुनै कुनै धुन मिल्ने खालको हुन्छ ।
साधारणतया मेडिकल मास्क चारदेखि ६ घण्टासम्म लगाउन सकिन्छ । तर बिरामी भेटेर निस्किएपछि फाल्नुपर्छ ।
तर एन नाइन्टिफाइभ मास्क लामो समयसम्म लगाउन मिल्छ । तर एकदमै कसिलो बनाएर लगाउनपर्ने भएकोले लामो समय लगाएर बस्न सकिन्न ।
यो मास्क दम र श्वासप्रश्वासको बिरामीले भने लगाएर बस्नै सक्दैन ।
मेडिकल मास्क र एन नाइन्टिफाइभ मास्कबीचका भिन्नता
१. गुणस्तरमा नै फरक हुन्छ ।
२. एन नाइन्टि फाइभ मास्कले नाम अनुसार नै काम गर्छ । ९५ प्रतिशत किटाणु रोक्ने भएकोले एन नाइन्टिफाइभ भनिएको हो । सय प्रतिशत काम गर्ने मास्क उत्पादन भएको छैन ।
३. यदि सही तरिकाले प्रयोग ग¥यो भने साधारण मास्कले ७० प्रतिशतसम्म सङ्क्रमण रोक्न सक्छ ।
४ बजार मूल्य पनि फरक छ । साधारण मेडिकल मास्क ५ रुपैयाँमा किन्न सकिन्छ भने एन नाइन्टिफाइभ मास्कको ८० देखि एक हजार रुपैयाँसम्म पर्छ । यसको मूल्य पनि गुणस्तरअनुसार हुन्छ ।
(वीर अस्पतालमा कार्यरत छातीरोग विशेषज्ञ डाक्टर प्रज्वल श्रेष्ठसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।