मास्कको उत्पादन बढाउन निर्देशन

 माघ १९, २०७६ आइतबार १९:३३:६ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डौ – सरकारले मास्कको माग बढेकाले औषधि व्यवस्था विभागलाई यसको उत्पादन बढाउन निर्देशन दिएको छ । 

आइतबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै मास्कको उत्पादन बढाउन निर्देशन दिएको हो । 

डाक्टरले कोरोना भाइरसको जोखिमबाट बच्न माक्स लगाउन सुझाव दिँदै आएका छन् । कोरोना भाइरसको जोखिम बढेसँगै नेपालमा पनि मास्कको माग बढेको छ ।

मास्कको माग बढ्न थालेपछि कालोबजारी बढेको स्वास्थ्य मन्त्रालयको अनुमान छ । स्वास्थ्य कालोबजारी नियन्त्रण गर्न स्वास्थ्यमन्त्री भानुभक्त ढकालले निर्देशन दिनुभएको छ । 

यस्तै अहिले  मास्क निर्यात रोकेको मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

‘नेपालमा उत्पादन भइरहेका सबै मास्कले सुरक्षित राख्न नसक्ने भएकाले ‘थ्री फोल्ड’ माक्सको उत्पादन बढाउन औषधी विभागलाई निर्देशन दिइसकेको पनि उहाँले बताउँनु भयो । अहिले दैनिक तीन हजार माक्स उत्पादन गरेको विभागलाई सक्दो धेरै उत्पादन गर्न निदेर्शन उहाँको भनाई छ 

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया