काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
डोटी - डोटीको दिपायल सिलगढी नगरपालिककाे एकै वडामा १८ वटा छाउपडी गोठ रहेको पाइएको छ ।
महिला अधिकार मञ्चकी अध्यक्ष तथा छाउगोठ अनुगमन समितिकी संयोजक सीता बिकसहितको टोलीले पालिकाकाे वडा नम्बर - ८ लडागडामा ठूलो संख्यामा छाउगोठ भेटेको हो । नगरपालिकाको दुई गाउँमा मात्रै यति ठूलो सङ्ख्यामा छाउगोठ भेटिएपछि आफूहरु अचम्ममा परेको संयोजक सीता बिकले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘दुई गाउँमा त यति ठूलो सङ्ख्यामा छाउगोठ छन् । अन्य वडामा कति होलान ? हामी पुरै नगरपालिकाकाे तथ्याङ्क सङ्कलन गर्दैछौ । जहाँ शिक्षित छन् त्यहाँ बढी छाउगोठ छन् ।’
डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जिल्लामा भएका छाउगोठको तथ्यांक सङ्कलन गरी सबै छाउगोठ भत्काइने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘छाउगोठको तथ्यांक सङ्कलन हुँदै छ । जति छाउगोठ छन् सबै भत्काउने छौँ ।’
मुलुकी अपराध संहिता २०७४ को दफा १६८ (३) मा महिलाहरु रजस्वला भएको अवस्थामा छाउपडीमा राख्ने वा राख्न बाध्य पार्नेलाई तीन महिना कैद र तीन हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था रहेको छ ।
डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा छाउपडीका नाममा महिनावारी भएकी महिलालाइ छाउगोठमा राख्ने चलन कायमै रहेको छ । गृह मन्त्रालयले पुस ९ गते प्रमुख जिल्ला अधिकारीलाई छाउपडी नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि अहिले डोटीसहित समग्र सुदूरपश्चिममा छाउगोठ भत्काउने अभियान नै सञ्चालन भएको छ ।
आफ्नो नगरपालिकामा भएका छाउगोठहरु तत्काल भत्काउन सबै वडाध्यक्ष र कर्मचारीलाई पत्राचारसहित निर्देशन दिएको दिपायल सिलगढी नगरपालिकाका नगर उप-प्रमुख शिवराज खड्काले बताउनुभयो । केही दिन पहिले प्रहरी तथा स्थानीयवासीले जिल्लाको बडीकेदार गाउँपालिका ३ घागलको सिदुरेपानीमा मात्रै २८ वटा छाउपडी गोठहरु भत्काइएका छन् ।
जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउने क्रम जारी रहेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले पनि छाउपडीका नाममा गरिँदै आएको विकृती तत्काल अन्त्य गर्न र गाउँमा बनाइएका छाउगोठ भत्काउन पालिकालाइ पत्राचार गरेको थियाे ।
डाेटीमा कम्तिमा पनि १ सयको हाराहारीमा छाउगोठ हुन सक्ने अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।