सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
काठमाण्डाै – नेपालका लागि टाटा मोटर्सको अधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालीले अङ्ग्रेजी नयाँ वर्ष २०२० को अवसरमा ‘नयाँ वर्ष नयाँ कार’ योजना ल्याएको छ ।
योजनाअनुसार ग्राहकले टाटा मोटर्सको शोरुममा नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एचफाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोम लगायतका गाडीहरु अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन् ।
साथै जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, टेस्ट ड्राइभमा आकर्षक उपहार र हरेक गाडीको खरिदमा दुई जनाको लागि 'स्योर सर्ट' सिङ्गापुर क्रुज, डिनरलगायतका विशेष आकर्षणहरु पनि छन् ।
यो योजना जनवरी २०२० सम्म मात्र लागू हुने सिप्रदीले जनाएको छ ।
टाटा मोटर्स लिमिटेड कार, युटिलिटी गाडीहरू, बस, ट्रक र डिफेन्स गाडीहरू उत्पादन गर्ने विश्वकै अग्रणी अटोमोबाइल कम्पनी हाे । सन् १९८२ देखि टाटा मोटर्सकाे नेपालकाे एकमात्र बिक्रेता भएको सिप्रदी ट्रेडिङ्ग आईएसओ ९००१:२०१५ प्रमाणित कम्पनी हो ।
सिप्रदीको नेपालभर सबैभन्दा ठूलो बिक्री तथा सेवा वितरण सञ्जाल छ । टाटा मोटर्सका सबै रेन्जका प्यासेन्जर र कमर्सियल गाडीहरुको बिक्री वितरण गर्न सिप्रदीको देशभर ३० वटा बिक्री कार्यालय र ५१ वटा सर्भिस सेन्टर छन् । साथै देशभर तीन सय वटा स्पेयर आउटलेट छन् ।
साथै एक्साइड ब्याट्रीज्, म्याकलुब्रिकेन्ट्स र मिसेलिन टायरको पनि सिप्रदी वितरक हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।