नेपालगञ्जको बीपी चोकमा भीषण आगलागी

 कात्तिक ७, २०७६ बिहीबार १९:३४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके - नेपालगञ्जको बीपी चोक नजिकै बिहीवार साँझ भीषण आगलागी भएको छ ।

फर्निचर पसलमा विद्युत सर्ट भई  आगलागी सुरु भएको अनुमान गरिएको छ । आगलागीबाट हालसम्म चारवटा पसलमा क्षति पुगेको छ ।

केही समय अघिदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाका २ वटा, कोहलपुर नगरपालिका र नेपालगञ्ज नागरिक उड्डयन कार्यालयका १/१ वटा गरी चारवटा दमकलको सहयोगमा सुरक्षाकर्मीहरु खटिएका छन् । बीपी चोक नजिकै पेट्रोल पम्प भएका कारण आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय थप सक्रिय भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले गुलरिया नगरपालिकाबाट थप दुईवटा दमकलसमेत बोलाइएको जानकारी दिनुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्का प्रहरी उपरीक्षक वली, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापालगायतका व्यक्ति पनि आगलागी नियन्त्रणका लागि खटिनुभएको छ । घटनास्थलमा सयौंको संख्यामा स्थानीय बासिन्दासमेत जम्मा भएका छन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया