सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
डेटा चोरीका कारण पटक–पटक आलोचना खेपिरहेको फेसबुकबाट फेरि डेटा चोरी भएको छ । पछिल्लो समय फेसबुकबाट ४१ करोड प्रयोगकर्ताको नम्बर लिक भएको समाचार सार्वजनिक भएको छ ।
तीमध्ये अमेरिकाका १३ करोड, बेलायतका १ करोड ८० लाख र भियतनामका ५ करोड फेसबुक प्रयोगकर्ता रहेकाे टेकक्रन्चले जनाएकाे छ । सिक्योरिटी रिसर्चर संयम जैनका अनुसार ४१ करोड प्रयोगकर्ताको फोन नम्बरका साथै नाम, लिंग तथा देशको जानकारी पनि लिक भएको छ ।
फेसबुकको लापर्वाहीका कारण यति ठूलो मात्रामा डेटा लिक भएको हो । सर्भरमा पासवर्ड नराखेका कारण जोसुकैले सूचनामा पहुँच प्राप्त गरेका हुन् । फेसबुकले भने यी डेटा पुराना भएको र पहिले नै कसैले ती डेटा लिएको स्पष्टीकरण दिएको छ ।
यसभन्दा पहिले पनि फेसबुकबाट डेटा चोरी प्रकरण बाहिर आइसकेको छ । क्याम्ब्रिज एनालिटिकालाई करोडौँ प्रयोगकर्ताको जानकारी बेचेको आरोप फेसबुकलाई लागिसकेको छ । सन् २०१६ को अमेरिकी राष्ट्रपतिको चुनावमा ८ करोड फेसबुक प्रयोगकर्ताको डेटा चोरी भएको आरोप लागेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।