पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
उदयपुर, जेठ ५ – उदयपुर गोल्डकपको पाँचौ संस्करणको उपाधि थ्री स्टारले जितेको छ । शनिबार भएको फाइनलमा मनाङमस्र्याङदीलाई १–० ले हराउँदै थ्रिस्टारले उपाधि उचालेको हो ।
थ्रिस्टारको जितमा अजय मार्टिनले १८ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यससँगै थ्रीस्टार तेश्रोपटक उदयपुर गोल्डकपको च्याम्पियन बनेको हो । थ्रिस्टारले उपाधिसँगै ५ लाख रुपैया पाएको छ भने मनाङले ३ लाख रुपैयामै चित्त बुझायो ।
खेलको दोस्रो हाफमा थ्री स्टारका मार्टिन र मनाङका विमल बस्नेतबीच विवाद भएपछि दुवैले रातो कार्ड पाएका थिए । खेलाडीको विवादका क्रममा दर्शकले पनि विवाद गर्दा प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको थियो ।
प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी थ्री स्टारका पिटर सैगुनले ५० हजार रुपिँया पाए । यस्तै उत्कृष्ट डिफेण्डर थ्री स्टारका विजय धिमाल, उत्कृष्ट मिडफिल्डर थ्रिस्टारकै रुपेश केसी, उत्कृष्ट प्रशिक्षक थ्रिस्टारका मेघराज केसी, सर्वाधिक गोलकर्ता थ्रिस्टारका अजय मार्टिन र उत्कृष्ट गोलकिपर थ्रिस्टारका ऐलेन न्यौपाने र उदीयमान खेलाडी उदयपुर ११ का प्रचल चौधरी, भए । उनीहरुले जनही १०/१० हजार रुपैयाँ पाए । गएको शनिबारदेखि सुरु भएको प्रतियोगितामा ८ टिम सहभागि थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।