पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
दैलेख – दैलेखमा सोमबारदेखि पेट्रोलियम पदार्थको अन्वेषण सुरु भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले सोमबार दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणको शुभारम्भ गर्नु भएको हो ।
कार्यक्रममा मन्त्री यादवले नेपालका सम्भावना देखिएका १० ठाउँमध्ये प्राविधिक हिसाबले बढी आशावादी भएकाले दैलेखलाई केन्द्रित गरी पेट्रोलियम पदार्थ अन्वेषण थालिएको जानकारी दिनुभयो ।
अन्वेषण प्रक्रियाबारे खानी तथा भूगर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाले भन्नुभयो, ‘पहिलो चरणको १० महिनामा गरिने अन्वेषणमा कति गहिराइमा पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लाग्छ । दोश्रो १० महिनामा उत्खनन् गरेर कति निस्कन सक्छ ? त्यो व्यापारिक रुपमा गर्न सकिन्छ वा सकिन्न भन्ने निक्र्यौैल गरेर सरकारलाई प्राविधिक प्रतिवेदन दिइन्छ ।’
तत्कालीन उद्योग मन्त्री सोमप्रसाद पाण्डेको पहलमा २०७३ वैशाखमा चिनियाँ सरकारी निकाय जियोलोजिकल डिपार्टमेण्टले गरेको २ महिना लामो अध्ययनपछि दैलेखमा सिलिण्डरमा भर्न मिल्ने मिथेन ग्यास भएको पुष्टि भएको थियो ।
पहिलो चरणमा गरिने प्राविधिक अन्वेषण र त्यसपछि जमिनमुनि तेलको भण्डार क्षमता सम्भाव्यता र परीक्षण उत्खनन् समेत गरी ३ वर्षसम्म काम गर्न तान खुयान नेतृत्वको १५ सदस्यीय चिनियाँ टोलीले काम गर्ने बताइएको छ ।
अहिले निरन्तर बलिरहेको दैलेखको श्रीस्थान ज्वाला र नाभिस्थानको अलावा २०३४ को असारमा पहिरोले ज्वाला बल्न छोडेको पादुकास्थान समेतमा अन्वेषणको काम हुने प्राविधिक टोलीले जनाएको छ ।
सदरमुकाम दैलेख बजारबाट श्रीस्थान ११ किलोमिटर, नाभिस्थान १४ किलोमिटर दूरीमा रहेको छ । पादुकास्थान सदरमुकामबाट २७ किलोमिटर दूरीमा पर्दछ ।
अन्वेषण्का लागि जमिन ड्रिल गर्ने उपकरण पुर्याउन १२ पाँग्रे ट्रक जान सक्ने सडक आवश्यक पर्नेछ । तर अहिले त्यहाँ मिनी बस आवागमन गर्न सक्ने कच्ची सडक मात्र भएकोले सडकको स्तर सुधार्न चिनियाँ टोलीले आग्रह गरेको छ ।
सडक सुधार्न जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापाको आग्रहपछि यसका लागि अर्को वर्ष बजेट व्यवस्था गरिने कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वचन दिनु भएको छ ।
नेपालमै निरन्तर प्राकृतिक रुपमा सदिऔंदेखि बल्दै आएको ज्वालालाई मन्दिरभित्र पुज्ने धार्मिक स्थलको रुपमा विकास हुँदै आएको श्रीस्थान र नाभिस्थान क्षेत्रमा धार्मिक आस्थालाई ठेस नपुर्याई पेट्रोलियम पदार्थ उत्खनन् गर्न यहाँका पुजारी, महन्त र स्थानीयहरुले आग्रह गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।