गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका हमासद्वारा...
मंसिर १८, २०८१ मंगलबार
अछाम - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटि सदस्य भीम रावलले नेकपाले अहिले गाउँगाउँमा गरिरहेका कार्यक्रमले नेपाली कांग्रेसले केही समय अघि गरेका कार्यक्रमको हुँकार समाप्त भएको बताउनु भएको छ ।
जेठ २५ गते कैलाली कञ्चनपुरबाट जिल्ला कमिटिलाई पूर्णता दिँदै अछाममा पूर्णता पाएपछि भैरहेका जनसभाले कार्यकर्तामा उत्साह र उमंगको सञ्चार गरेको बताउनु भयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आयोजनामा अछामको कमलबजारमा भएको जनसभा कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहिसक्नुभएका नेता रावलले विगतमा नेपालको संविधान जारी गर्दा भारतले लगाएको नाकाबन्दीलाई नेपाली कांग्रेसले नाकाबन्दी भन्नेसमेत आँट नगरेको भन्दै नेपाली कांग्रेस देश र जनताभन्दा सत्तालाई ठूलो ठान्ने गरेको आरोप लगाउनु भयो ।
संविधान निर्माण गरेर नाकाबन्दी जस्तो जघन्य अपराधको कम्युनिष्टले सामना गरेको बताउनु भयो । केही समय अघि नेपाली कांग्रेसका नेता कमलबजार आएर कम्युनिष्टले नेपाललाई कम्बोडिया बनाउन लागेको भनेको प्रसंगमा उहाँले आफू कम्बोडिया नै गएर आएको भन्दै कम्बोडियाको बारेमा बुझ्न आफूलाई सोध्न आग्रह गर्नुभयो ।
सोमबार अछामको ढकारीमा भएको आमसभामा नेपाली कांग्रेस लगायतका पार्टी परित्याग गरी १५० बढी नेकपामा प्रवेश गरेका तर साँझ नै कांग्रेस नेता तथा ढकारी गाउँपालिका अध्यक्षले नेकपा प्रवेश गरेका केही युवाहरुलाई किन प्रवेश गरेको? भनेर हातपात गरेको भन्दै नेता रावलले असली अधिनायकवाद यही भएको बताउनु भयो ।
‘कांग्रेसले अधिनायकवादको गीत गाउन पर्दैन, उसका नेताहरुले नै अधिनायकवादका नमूना देखाइरहेका छन्, अधिनायकवाद कस्तो हुन्छ भन्ने कुरा यस घटनाबाट प्रष्ट हुन्छ’, रावलले भन्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ ।