रास्वपा सभापति रवि लामिछानेलाई काठमाण्डौबाट चितवन लगियो
मंसिर १८, २०८१ मंगलबार
अर्घाखाँची – अर्घाखाँचीको पाणिनी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमबाट एक सय ३५ जनाले रोजगारी पाएका छन् ।
रोजगारीका लागि आवेदन भरेका २८ सय जनामध्ये १ सय ३५ जना छनौटमा परेका छन् । छनौट भएकालाई ३० दिन काम गर्ने गरी रोजगारी प्रदान गरिएको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रदेशसभा सदस्य रामजी घिमिरेले सरकार देशको विकास र समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभयो । कार्यक्रममा छनौट भएकाहरुलाई राम्रोसँग काम गर्न समेत उहाँले आग्रह गर्नुभयो ।
गाउँपालिका अध्यक्ष अच्युत गौतमले कुरा न्दा काम गर्ने बानीको विकास गर्नपर्ने भन्दै कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
यस्तै आफ्नै देशमा काम गर्नुपर्ने वातावरण तयार भएको दाबी गर्दै गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले विदेशिएका युुवाहरुलाई पनि फर्केर स्वदेशमै काम गर्न आग्रह गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीका अनुसार छनौट भएकाहरुले आफ्नै वडामा भत्केका बाटा मर्मत गर्ने, कुला बनाउने, नयाँ बाटो खन्ने जस्ता काम गर्नुपर्ने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
KRISHNA NEPALI
June 15, 2019, 5:26 p.m.यो मात्र गरेर देश र गाउँको विकाश भएको मानिंदैन , उत्पादन गरेको वस्तुलाई भण्डारण गर्ने र बजारको अवसर पनि हुनुपर्यो, अनि बल्ल मात्र बिकाश भएको मानिन्छ , बाटो खनेर मात्र विकाश हुने होइन /