सुनको भाउ तोलामा ४ सय रुपैयाँले घट्यो
मंसिर १६, २०८१ आइतबार
स्याङ्जा – भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको छ ।
सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार गाडी खोलामा डुबेको हो । पुलको शिलान्यास गरेर फर्केको मन्त्रीको गाडी खोलामा पुल नभएकैले फसेको हो ।
बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबे पनि सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई बाहिर निकालिएको थियो । खोला तर्ने क्रममा गाडी डुबे पनि मन्त्री भने सकुशल रहनु भएको छ । त्यस्तै खोलामा डुबेको सवारी साधन क्रेनको सहयोगमा बाहिर निकालिएको छ ।
खोला बढेसँगै बिग्रिएको बाटोलाई मर्मत गरिएको थियो तर मन्त्रीका सवारी चालकलाई ग्रामीण सडकको बारेमा राम्रो जानकारी नहुँदा दुर्घटना हुन पुगेको बताइएको छ ।
सरकारको अबको एजेण्डा विकास : मन्त्री महासेठ
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सरकारको अबको एजेण्डा विकास भएको बताउनु भएको छ । अर्जुन चौपारी गाउँपालिका–३, को सहरे पुलको शिलान्यास गर्दै सोमबार मन्त्री महासेठले विकास निर्माणमा टुटेर नभई सबै जुट्नु पर्ने बताउनुभयो ।
सरकारले चुनावमा गरेका वाचालाई पूरा गर्न लागेको बताउँदै मन्त्री महासेठले सरकारले ल्याएको बजेटबाट नागरिकले राम्रोसँग जानकारी पाइसकेको बताउनुभयो ।
अहिलेको बजेटमा देशभरका ८० सडकलाई प्राथमिकतामा राखेको बताउँदै मन्त्री महासेठले स्याङ्जाको सेतिदोभान–घण्टे–पर्वत सडक र वालिङ–बारिकुना–चापाकोट–रामपुर सडक परेको बताउनुभयो ।
सरकारले स्याङ्जालाई विशेष ढंगले हेरेको बताउँदै मन्त्री महासेठले सिद्धार्थ राजमार्गलाई चार लेनको बनाउन लागेको बताउनुभयो । कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले पुललाई चाँडो निर्माण गरेर सुरु गर्न आग्रह गर्नुभयो ।
सडक सञ्जाल बनेमा आर्थिक बिकासमा टेवा पुग्ने बताउँदै मुख्य सचिव रेग्मीले आफू स्याङ्जाको भएकाले यहाँको विकासमा सधैँ सहयोग गर्ने बताउनुभयो । सडक डिभिजन कार्यालय पोखराले निर्माण गर्न लागेको पुल अर्जुन चौपारी–३ हँदै आँधीखोला–१ जोड्ने मार्ग हो ।
पुल तीन करोड सात लाख सात हजार ५ सय १० रुपैयाँमा निर्माण हुन लागेको हो । डेढ वर्षमा निर्माण सक्ने गरी जीएसआर निर्माण सेवा पोखराले काम थालेको डिभिजन प्रमुख हरिप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।
डम्बर निरौला ,ईलाम माईजोगमाई नयाँबजार
June 12, 2019, 12:54 p.m.चाहिने ठाउमा चाहीने काम गरेको भए पो हुन्छ त । उक्त गाडी पल्टीएको ठाउमा पुल चाहिन्छ भन्ने थाहा थिएन की गाउँमा पुलको आवश्याक पर्दैन भन्ने पो छ की नेता ज्यू हरुलाई ।।
Dilli Ram Paudel
June 11, 2019, 6:45 a.m.जनताले दिन दिनै भोगेको पीडा यी मन्त्री ले एकछिन भोग्दा समाचार बन्यो,,,,,काठमाडौंमा बस्ने हरेक नेताहरुले गाउँ जादा गाउँका कमसेक एउटा भए पनि समस्या भोग्न'परोस जस्ले गर्दा मन्त्रालय सम्म गाउँको समस्या त पुग्ला ....???? शुभकामना.......###