उद्योगमन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजीकरणक...
मंसिर १८, २०८१ मंगलबार
अर्घाखाँची - शीतगंगा नगरपालिका–१, सुवर्णखालमा श्रीमानको कुटपिटबाट एक महिलाकाे ज्यान गएको छ ।
ज्यान जानेमा शीतगंगा–१, मन्द्रे घर्तीसाराकी ३४ वर्षीया बसन्ता खत्रीको रहेको प्रहरीले जनाएको छ । अत्यधिक रक्सी पिएका ३५ वर्षीय श्रीमान विष्णु खत्रीले सामान्य निहुँमा मुखमा प्रहार गरी घरको झ्यालमा टाउको ठोक्काइदिएपछि नाक र कानबाट रगत बगेर मृत्युकाे प्रहरीले जनाएकाे छ।
बसन्ताकाे मृत्यु भएपछि माइती पक्षले प्रहरीमा उजुरी दिएका थिए ।
विष्णुले श्रीमती घरकै दलिनमा झुन्डिएर मृत्यु भएको भनी मृतकको घाटीमा पासो देखाउँदै आफूले बचाउन पासो काटिदिएको प्रहरीलाई झूटाे बयान दिएका थिए ।शवको पोस्टमार्टमको रिपोर्टले कुटपिटबाटै मृत्यु भएको देखाएपछि प्रहरीले फेरि सोधपुछ गर्दा आराेपित विष्णुले आफैँले कुटपिट गरेर मृत्यु भएपछि घाँटीमा पासो लगाइदिएको स्वीकार गरेका छन् ।
उनले आफूले मुक्का प्रहार गर्दै झ्यालमा टाउको ठोक्काएर नाक र कानबाट रगत बगेपछि श्रीमतीको मृत्यु भएको स्विकार गरेपछि अहिले उनी प्रहरी नियन्त्रणमा रहेकाे र थप अनुसन्धानका क्रममा रहेकाे प्रहरीले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।