६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
दुषित पानीको प्रयोगका कारण काठमाडौंमा झाडापखाला तथा हैजाका बिरामी देखा परेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा झाडापखाला, हैजा र ज्वरोका बिरामी धेरै जाने गरेका छन् ।
वर्षा सुरु हुनेबित्तिकै देखिएको रोग र यसबाट बच्ने उपायबारे विना न्यौपानेले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विभागीय प्रमुख डा. शेरबहादुर पुनसँग कुराकानी गर्नुभएको छ ।
हैजा साधारणतया किटाणुयुक्त खाना वा पानीबाट मानिसमा सर्ने गर्दछ । विकसित देशमा हैजा प्रदुषित खानाका कारणले लाग्ने गर्दछ भने विकासोन्मुख देशहरूमा प्रायःजसो पानीका कारणले यो रोग सर्ने गरेको पाइन्छ । हैजा पहिला वर्षमा साउन महिनामा देखा पर्ने गरेको थियो ।
तर अहिले एक महिना अगाडि नै असार महिनामा देखा पर्यो । यो ५ देखि १० प्रतिशतमा मात्रै कडा खालको देखा पर्ने हुन्छ । कतिपय लक्षण बिहीन अवस्थामा वा सामान्य उपचार गरेर घरमा नै ठिक हुन्छ भनेर बस्नुहुन्छ, उहाँहरुबाट हैजा फैलन सक्ने सम्भावना धेरै हुन्छ ।
हैजा लागे पछि चौलनी पानी जस्तो पातलो दिसा हुन्छ । केही दिनसम्म निरन्तर तथा ठूलो मात्रामा पातलो दिसा लाग्ने हुन्छ । बान्ता हुने तथा मांसपेसी बाउँडिने समस्या पनि देखिन सक्छ । हैजाका कारणले लाग्ने पखालाले केही घण्टाभित्रै गम्भीर जलवियोजन तथा इलेक्ट्रोलाइटको असन्तुलन गराउँछ ।
यसका कारण आँखा गढ्ने, छाला चिसो हुने, छालाको लचकतामा कमी आउने तथा हातगोडा चाउरी परेर जाने पनि हुन सक्छ । शरीरमा भएको जलवियोजनका कारण छाला निलो भएर जान सक्छ हैजाको कीटाणु शरीरमा प्रवेश गरेको दुई घण्टादेखि पाँच दिनसम्ममा लक्षणहरू देखिने गर्दछन् । विचार पुर्याइएन भने ज्यानै जान पनि सक्छ ।
हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरियाका कारणले हुने रोग हो । जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन् । यो रोग प्रायः भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्पर्कमा आएको पानी तथा खानाका कारण सर्ने गर्दछ ।
मुख्यतया सरसफाईको अभावका कारण हैजा लागेको मानिसको दिसा मिसिएर प्रदुषित भएको खाना वा पानीबाट मानिसमा सर्ने गर्दछ । राम्रोसँग नपाकेको खानाले पनि हैजा निम्त्याउने गर्छ । संक्रमित पानी वा राम्रोसँग हात नधोएर त्यो किटाणु खाने कुरामा आइपुग्यो भने हैजा लाग्छ ।
छुँदैमा सर्ने रोग होइन, तर केही गरेर त्यो बिरामीले राम्रोसँग हात धोएन भने उसको दिसाको किटाणु खानामा या पानीमा मिसियो भने अवश्य पनि लाग्छ । मान्छेबाट सर्ने भन्दा पनि एउटा जारको पानीमा किटाणु रहेछ भने त्यो पानी घरको सबैले पिउँछन्, अनि लाग्ने संभावना हुन्छ । तर कडा खालको सबैमा हुँदैन ।
एउटै खाना खाएर पनि कसैलाई हुने, कसैलाई नहुने हुन्छ । किनकी सबैको शरीरको बनोट एउटै खालको हँुदैन । कसैको रोग प्रतिरोधात्मक शक्ति धेरै हुन्छ, भने कसैमा थोरै हुन्छ । त्यसले पनि फरक पार्छ । त्यस्तै दीर्घ रोगले पनि प्रभाव पार्छ । विभिन्न कारणले गर्दा कसैलाई कडा, कसैलाई नरम खालको देखा पर्छ । कसैलाई त अझै लक्षण नै देखा पर्दैन ।
हैजा नै लागेको हो भन्ने थाहा भैसकेपछि घरमा बस्नुभन्दा अस्पताल नै गएको राम्रो । त्यसमा सामान्य अदृश्य खालकोदेखि कडा खालको समेत हुन्छ । सामान्य खालको छ भने त जीवनजल खाएर पनि धेरै हदसम्म फाईदा लिन सकिन्छ ।
डिहाईड्रेसन, सम डिहाईड्रेसन र सिभिएड डिहाईड्रेसन भन्ने हुन्छ । नेपालमा सिभिएड डिहाईड्रेसन भएर मात्रै अस्पताल आउने हुन्छ । नो डिहाईड्रेसन, सम डिहाईड्रेसनमा आउँदैनन् । त्यो भनेको गढ्ने, मुख सुक्ने, छाला चिसो र ओसिलो हुने, छालाको चमकमा कमी आउने वा हातगोडा चाउरी पर्ने, पानी धेरै पिउँदा पनि पिसाबको मात्रा घट्दै जाने सँगै बान्ता पनि भयो भने यो कडाखालको हो । यस्तो अवस्थामा घरमा बस्नु हुँदैन । तर सामान्य खालको हो भने घरमा नै बसेर झोलिलो खानेकुरा जीवनजल खाँदा पनि हुन्छ ।
सबैभन्दा पहिले त पानी शुद्द, सफा र सुरक्षित हुनु पर्याे । त्यसको लागि पानी निर्मलिकरण गर्नुपर्छ । फिल्टर गर्ने, पियुष, वाटरगार्डको प्रयोग तथा उमालेर पनि पिउन सकिन्छ । तर पछिल्लो समय हाम्रो जीवनस्तर परिवर्तन आएको छ । धेरैजनाले जारको पानी घरघरमा ल्याएर पिउने गर्नुहुन्छ ।
अहिले झाडापखाला र हैजाका बिरामी बढेका छन्, त्यसैले किनेर ल्याएको पानीमा पनि विशेष ध्यान दिनु पर्ने हुन्छ । हामै्र धारामा आउने पानीमा पनि आउन सक्छ । फिल्टरको प्रयोग गरेको छ भनेर ढुक्क हुने अवस्था छैन र सम्बन्धित नियाकायले पनि अनुगमन गरेको छैन् ।
फिल्टर आफैमा पनि विभिन्न तहका फरक फरक हुन्छन् । त्यसैले पानी उमालेर पिउँदा नै उपयुक्त हुन्छ । पानी उमालेपछि त्यसमा भएका किटाणुहरु नष्ट हुन्छन् । हैजाले मानिसलाई मृत्युको मुखमा पुर्याउन सक्ने भए पनि उपयुक्त सरसफाइका विधि अपनाउन सकेमा यसबाट सजिलै बच्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।