पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
दक्षिण अफ्रिका टिमका लागि विश्वकप सँधै नाटकीय हुँदै आएको छ । उत्कृष्ट प्रदर्शन गर्दा–गर्दै पनि यो अभागी टिमले कहिले पनि फाइनलमा स्थान बनाउन सकेन ।
यस्तै दूर्भाग्यका कारण चेकर उपनाम पाएको दक्षिण अफ्रिका चारपटक सेमिफाइनलबाट बाहिरियो । सन् १९९२ मा इंग्ल्याण्डसँग, सन् १९९९ मा अष्ट्रेलियासँग, सन् २००७ मा फेरि अष्ट्रेलियासँग र २०१५ मा न्यूजिल्याण्डसँग पराजित भएपछि दक्षिण अफ्रिकी टिमको सपना चकनाचुर भएको थियो । यो पटक दक्षिण अफ्रिकी टिम हौसला र उच्च महत्वकांक्षाका साथ विश्वकपमा सहभागि हुँदैछ ।
दक्षिण अफ्रिकी टिममा उत्कृष्ट क्षमता भएका खेलाडी छन् । कागजमा हेर्ने हो भने दक्षिण अफ्रिकी टिमलाई दाबेदारको रुपमा हेरिएको छ । यो पटक दक्षिण अफ्रिकाको बलिङ आक्रमण निकै बलियो छ । कागिसो रबाडा, डेल स्टेन र लुंगी एनगिदी जस्ता खेलाडीले विपक्षी ब्याटिङ लाइनअपलाई ध्वस्त पार्न सक्ने क्षमता राख्दछन् ।
यस्तो हुँदा हुँदै पनि क्रिकेट विश्लेषकहरुले यो विश्वकपमा ब्याटिङ हावी हुने आँकलन गरिरहेका छन् । बुकीहरुको अनुमानमा दक्षिण अफ्रिकाको यो विश्वकप अभियान पनि सेमिफाइनलमै टुंगिनेछ ।
यो विश्वकपमा ब्याट्सम्यानको प्रभाव राम्रो हुने आँकल भइरहेको अवस्थामा दक्षिण अफ्रिकाका लागि क्वीन्टन डि ककको प्रदर्शन महत्वपूर्ण रहन सक्नेछ । हसिम अमला फर्ममा नरहेका कारण डि ककले बलरलाई दबाब दिन सक्नेछन् ।
बलरलाई प्रमुख हतियार मान्दै आएको दक्षिण अफ्रिकालाई ब्याटिङमा ध्यान दिनु उत्तिकै जरुरी छ । साढे दुई दशकको असफलतापछि नयाँ जोसका साथ विश्वकप मैदानमा उत्रिने तयारी गरिरहेको दक्षिण अफ्रिकाका सामु भारत र इंग्ल्याण्ड प्रमुख बाधक हुन सक्नेछन् ।
कागजमा हेर्ने हो भने भारत र इंग्ल्याण्ड निकै बलिया टिम रहँदै आएका छन् । दक्षिण अफ्रिकाले आयोजक इंग्ल्याण्डविरुद्धको खेलबाट यो विश्वकप अभियान शुरु गर्नेछ ।
मे ३० मा पहिलो खेल खेलेपछि जुन २ मा दक्षिण अफ्रिकाले बंगलादेशसँग, जुन ५ मा भारतसँग, जुन १० मा वेष्ट इण्डिजसँग, १५ मा अफगानिस्तानसँग, १९ मा न्यू जिल्याण्डसँग, २३ मा पाकिस्तानसँग, २८ मा श्रीलंकासँग र जुलाई ६ मा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।
दक्षिण अफ्रिकी टिम
फाफ डू प्लेसी, हसिम अमला, क्वीन्टन डि कक, रासी भ्यान डर डुसेन, जेपी डुमिनी, एइडेन मारक्रम, डेविड मिलर, लुंगी एनगिडी, क्रिश मोरिस, एनडिल फेलुकवायो, ड्वाइने प्रिटोरियस, कागिसो रबाडा, तब्राइज शाम्सी, डेल स्टेन, इमरान ताहिर ।
प्रशिक्षकः ओटिस गिब्सन
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।