काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
सर्लाही - प्रहरीले सर्लाहीको लालबन्दीबाट एक सय किलो लागुऔषध गाँजासहित दुुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाहीकाे लालबन्दी नगरपालिका-४ गंगटेका कान्छा योन्जन र पर्साको पर्सागढी गाउँपालिका-९ का प्रगन सहनी रहेका छन् । उनीहरु दुवै जनालाई बिहीबार राति कान्छा योन्जनको घरमा बेच्नका लागि गाँजा तयारी गरिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरोको विशेष टोली र जिल्ला प्रहरी कार्यालय सर्लाहीको संयुक्त टोलीले पक्राउ गरेका हो ।
गाँजा तस्करले पछिल्लो समय सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका र सर्लाहीको लालबन्दी नगरपालिकाको भित्रि गाँउका गाँजा खेती गर्ने गरेका छन् । पक्राउ परेका दुवै जना लामो समयदेखि लागुऔषध गाँजाको तस्करीमा संलग्न गहेकाले उनीहरुको थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।