पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
दैलेख – महाबु गाउँपालिका–२ बडाखोलाकी रोजिना थापाले २ वर्षीया छोरा लक्की थापालाई दैलेख जिल्ला अस्तालमा भर्ना गरेको ४ दिन भयो, ज्वरोले लखतरान भएर ल्याएको बालक अहिले हाँस्ने–खेल्ने भइसकेका छन् ।
नारायण नगरपालिका–६ नयाँगाउँकी ७१ वर्षीया मानकुमारी राना धमको दीर्घरोगी हुनुहुन्छ, अघिल्लो हप्ता प्राइभेट मेडिकलमा उपचार गराउँदा ८ हजार खर्च भयो तर निको भएन । अस्पतालमा राखेको २ दिनमा मानकुमारी तङ्ग्रिन थाल्नुभएको छ । उहालाई हाइकेयर यूनिटमै राखेर उपचार गराउँदा १२ सय मात्र खर्च भयो ।
इञ्जिनियर निरक खड्का भाइरल ज्वरोले थलिएर उपचार गराउन भर्ना भएको तेश्रो दिन शनिवार सामान्य हिड्डुल गर्न सक्ने हुनुभएको छ । बिहीबार र शुक्रबार सुधार नहुँदा बाँचिन्न कि भन्ने डर लागेको तर नयाँ जुनि पाएजस्तो लागिरहेको उहाँले टिप्पणी गर्नुभयो ।
यस्तै नारायण नगरपालिका–१ वडा सदस्य रमेशकुमार केसी पनि भाइरल ज्वरोले थला पारेपछि शनिबार अस्पताल भर्ना हुनुभयो । नारायण क्याम्पसकी स्ववियू सभापति रेखा थापा श्वासप्रश्वास समस्याले आक्रान्त भएर शनिवार अस्पताल पुगेर उपचार सुरु गर्नुभएको छ ।
छाति दुखेर बिरामी परेकी नौमूले गाउँपालिका–४ कालिकाकी ६१ वर्षीया जैसरा सलामी पनि शनिवार नै दैलेख जिल्ला अस्पताल भर्ना हुनुभएको छ । लठ्ठी टेक्दै अस्पताल पुग्ने बित्तिकै उहाँले सुत्ने ठाउँ खोज्नुभयो, स्वास्थ्य सुधार हुन थालेको बिरामीले बेड छोडेपछि उहाँलाई बिश्राम र उपचार सुरु भयो ।
बयस्कहरु धेरै जति भाइरल ज्वरो, बालबालिकाहरु निमोनिया, बृद्धबृद्धाहरु धमका रोगी उपचारमा आएका छन् । कोही मेडिकलमा निको नभएपछि अस्पताल आएका छन्, धेरै जना चाहिं सोझै अस्पताल आएका देखिएबाट अस्पतालप्रति सेवाग्राहीहरुको बिश्वास बढ्दै गरेको देखिन्छ ।
जनबिश्वास कमाएको दैलेख जिल्ला अस्पतालमा अहिले भाइरल ज्वरोको बिरामीले खचाखच भरिएको छ । जम्मा १५ शैयाको अस्पतालमा केही दिन पहिलेदेखि उपचार गराउँदै गरेका र शनिवार भर्ना भएका समेत ३४ जना बिरामीको उपचार भइरहेको छन् ।
अस्वस्थ वातावरणको भीडभाड, सुत्ने बस्ने कोठामा प्रयाप्त प्रकाश र हावा नपुगेको, सरसफाईको कमी, मौसम परिवर्तनसंगै लगाउने कपडाको उचित प्रवन्ध नगरेको कारण भाइरल संक्रमण हुने जोखिम हुने दैलेख जिल्ला अस्पतालका इञ्चार्ज डा. निरञ्जन पन्तको व्याख्या छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ ।