पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
सामाजिक सञ्जाल फेसबुकले रङ्गभेदमा आधारित राष्ट्रवाद वा पृथकतावादलाई बढावा दिने अथवा त्यसको समर्थन गर्ने सबै विषयवस्तुमा रोक लगाएको छ ।
न्यूजिल्याण्डको दुईवटा मस्जिदमा अष्ट्रेलियाका श्वेत बन्दुकधारीद्वारा अन्धाधुन्ध गोली बर्साएपछि फेसबुकले यो फैसला लिएको हो ।
क्राइस्टचर्चमा भएको हमलामा ५० जनाले ज्यान गुमाएका थिए । बन्दुकधारीले फेसबुकमार्फत लाइभ गर्दै त्याे घटना घटाएका थिए । यसपछि फेसबुक प्रश्नको गोलचक्करमा फसेको थियो । कैयौं नागरिक अधिकार समूहले आरोप लगाएका थिए कि फेसबुकले आफ्नो प्लेटफर्ममा रंगभेद आधारित धृणा तथा हिंसा फैलाउने सामग्रीमाथि रोक लगाउन असफल भएको छ ।
फेसबुकले योभन्दा पहिले रंगभेदमा आधारित वर्चश्ववादसम्बन्धी विषयवस्तुमा रोक लगाएको थियो । तर यससँग जोडिएको पृथकतावाद या राष्ट्रवादसम्बन्धी सामग्री प्रतिबन्धित थिएन ।
फेसबुकले चौतर्फी विवाद र विभिन्न अधिकार समूहको दबाबपछि आफ्नो नीति बदलेको हो । लयर कमिटि फर सिभिल राइट (नागरिक अधिकारका लागि वकिल समिति) का अध्यक्ष क्रिस्टेन क्लार्कले भने, ‘रंगभेदमा आधारित वर्चस्ववाद विचारको रंगभेद आधारित राष्ट्रवाद अथवा पृथकतावादबाट अलग गरेर देखाइन्छ तर यी सबमा अब कुनै अन्तर छैन । यी सबैले घृणा र हिंसालाई बढावा दिने काम गर्छ ।’
फेसबुकले अप्रामाणिक व्यवहार गरेको भन्दै फिलिपिन्सको २ सय एकाउन्ट अथवा पेज हटाइदिएको छ । फेसबुकको अनुसार, उनीहरुको एकाउन्टमा विषयवस्तु नभएर व्यवहारको लागि हटाइएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।