गाजापट्टीमा रहेका ३३ जना इजरायली बन्धकहरू मारिएका हमासद्वारा...
मंसिर १८, २०८१ मंगलबार
धनकुटा - प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले देश समृद्ध र सुखी बनाउने बेलामा एउटा सानो शक्तिले हत्या हिंसा मच्चाई रहेको आरोप लगाउनुभएकाे छ ।
धनकुटाको हिलेमा शनिबारबाट सुरु भएको नेपाल अलैँची व्यवसायी महासंघको छैटौ साधारण सभा तथा तेस्रो महाधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री राईले नेत्र विक्रम चन्द नेतृत्वको नेकपालाई इंगित गर्दै सरकारले वार्ताको आह्वान गरी सकेकाले त्यो शक्ति वार्तामा आउने विश्वास गर्नुभयाे ।
उहाँले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन अगाडि नै बनाउनु पर्ने कानुनी आधारहरु अहिले बनाउनु परेकाले प्रदेश सरकारलाई गति लिन समय लागिरहेको स्पष्ट पार्नुभयाे । स्थानीय तह केन्द्रीय संरचनाको स्वरुपमा भएकाले उनीहरुको गति बढेको र प्रदेश सरकार सबै तवरले नयाँ भएकाले गति लिन समय लागेको मुख्यमन्त्री राईको भनाइ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।