प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी छ्याङ्द्वारा स्वागत
मंसिर १८, २०८१ मंगलबार
अर्घाखाँची – भुमिकास्थान नगरपालिकाबाट रोजगारीका लागि भारतमा गएका श्रमिकहरुको ७ लाख बराबरको निःशुल्क दुर्घटना बीमा सुरु भएको छ ।
तेस्रो देशमा जाने मानिसहरुको अनिवार्य बीमा गर्नु पर्ने नियम भए पनि भारतमा जानेहरु भने बीमाबिना नै जाने गरेका छन् । महिला सहकारीलाई सक्षम रुपमा अगाडि बढाई सहकारीका सदस्यलाई आत्मनिर्भर बनाउन काम गरिहेको सस्था जनचेतना सरोकार मञ्चले अक्सफार्मको सहयोगमा र भुमिकास्थान नगरपालिकाको सहकार्यमा प्रभु इन्स्योरेन्स लिमिटेडमार्फत निःशुल्क दुर्घटना बीमाको सेवा ल्याएको हो ।
भुमिकास्थान नगरपालिकाको वडा नम्बर–४, धारापानीमा रहेको सशक्तिकरण महिला कृषि सहकारी सस्थाले वडा नम्बर ३ र ४ मा स्थायी घर भई रोजगारीको सिलसिलामा रहेका ६३ जनाको निःशुल्क बीमा गरी, निःशुल्क बीमाको सुरुवात गरिएको भुमिकास्थान नगरपालिकाका नगर प्रमुख रेशम थापाले बताउनुभयो ।
बीमालेख पत्र आज एक कार्यक्रमबीच नगर प्रमुख रेशम थापाले सशक्तिकरण महिला कृषि सहकारी संस्थाकी अध्यक्ष सिता खड्कालाई हस्तान्तरण गरेका छन् ।
भुमिकास्थान नगरपालिकाको १,२,३,४ र ९ नम्बर वडाबाट मात्रै झण्डै २ हजार जना मानिसहरु रोजगारीका लागि भारतमा गएका छन् । सशक्तिकरण महिला सहकारी सँगसँगै ढाकाबाङमा रहेको भुमिकास्थान नगरपालिकामा रहेका वडा नम्बर १ मा रहेको जनचेतना महिला कृषि सहकारी सस्था, र ९ मा रहेको गंगा जमुना महिला बचत तथा ऋण सहकारीले निःशुल्क बीमाको कार्य गर्नेछन् ।
रोजगारीका लागि भारतमा गएर असुरक्षित रुपमा काम गरिरहेका श्रमिकहरुको समस्या समाधान गर्न निःशुल्क बीमाको सुरुवात गरिएको जनचेतना सरोकार मञ्चका व्यवस्थापक युवराज ज्ञवालीले बताउनुभयो ।
बीमा गरेका व्यक्तिहरुको भारतमा रोजगारीको सिलसिलामा ज्यान गएमा ७ लाख रुपैयाँ, स्थायी पूर्ण रुपमा असक्त भएमा ७ लाख रुपैयाँ, अस्थायी अपांग भएमा ३ लाख ५० हजार र उपचार गर्नु पर्ने भएमा ७० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
बीमा गर्नका लागि कुनै पनि रकम तिर्न पर्दैन । एक व्यक्तिको जम्मा ६ सय ९८ रुपैयाँमा बीमा हुन्छ । तर त्यो रकम पनि जनचेतना सरोकार मञ्चले नै व्यवस्था गरेको छ । बीमामार्फत प्राप्त हुने कमिसन पनि सहकारीले नै प्राप्त गर्नेछन् ।
भुमिकास्थान नगरपालिकामा मात्र हैन भारतमा गएका श्रमिकको निःशुल्क बीमा अर्घाखाँचीसहित देशैभरि गर्न आवश्यक देखिएको छ । अर्घाखाँचीबाट मात्रै ५० हजारको हाराहारीमा युवा वैदेशिक रोजगारीमा छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।