काठमाण्डौमा आज यो वर्षकै सबैभन्दा कम तापक्रम मापन
मंसिर १८, २०८१ मंगलबार
रुपन्देही - बुटवलमा जारी २१ औँ तिलोत्तमा गोल्डकप फुटवलको उपाधि पाहुना टोली दाउफिन्स क्यामरुनले जितेको छ ।
चार पटकको विजेता नेपाल पुलिस क्लबलाई सडेन डेथमा १-० ले स्तव्ध बनाउँदै दाउफिन्सले तिलोत्तमा गोल्डकपको उपाधि पहिलो पटक उचाल्न सफल भएको हो ।
उपाधिसँगै दाउफिन्सले ८ लाख ८० हजार नगद प्राप्त गरेको छ । उपविजेता बनेको नेपाल पुलिस क्लबले ५ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएकाे छ ।
निकै प्रतिस्पर्धात्मक रहेकाे खेलमा दाउफिन्सलाई पुलिसले दबाबमा राखेकाे थियाे । खेल अवधिभर बल आफ्नो कब्जामा राखे पनि पुलिसले गाेल भने प्रहार गर्न नसकेपछि खेल सडेन डेथसम्म पुगेकाे थियाे ।
निर्धारित समयमा दुपै टाेलीले गाेल गर्न नसकेपछि टाइबेकरमा धकेलिएको खेलमा दुवैले समान पाँच-पाँच गोल गरे ।
टाइबेकरमा पनि नतिजा ननिस्केपछि खेल सडेन डेथमा पुगेको हो । सडेन डेथको पहिलो प्रहार पुलिसका तेज तामाङ्गले गोलमा परिणत गर्न नसक्दा पुलिस पराजित हुन पुग्याे ।
दाउफिन्सका नियाले वलले बलले जाली चुमाएसँगै टिमलाई जित दिलाउन सफल भए । दाउफिन्सले यसअघि मनकामना केबल कार पोखरा कप र रेडबुल बुढासुब्वा गोल्डकपको उपाधि जितिसकेको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी रुपन्देही ११ का आशिस गुरुङ्ग घोषित हुँदै स्कुटर पुरस्कार पाएका छन् । विजेता तथा उपविजेता टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट र रुपन्देही जिल्ला फुटवल संघका अध्यक्ष दीर्घबहादुर केसी कुमारले पदक तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।
यसै वर्षदेखि नेपालमा आयाेजना हुने फुटबल प्रतियाेगितामा सहभागी हुँदै आएकाे दाउफिन्सले याे सँगै तीन वटा प्रतियाेगितामा जित हात पारेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।