डाक्टर केसीको जीवनरक्षाको माग गर्दै कांग्रेसद्वारा प्रदेशसभा अवरुद्ध

 माघ १८, २०७५ शुक्रबार १५:३६:३२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही – अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको जीवनरक्षाको माग गर्दै नेपाली कांग्रेसले शुक्रबार प्रदेश नम्बर पाँच प्रदेशसभाको बैठक अवरुद्ध गरेको छ । 

बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका नेता बलदेव शर्मा पोखरेलले डाक्टर केसीको जीवनरक्षा र बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई कारबाही गर्नुपर्ने भन्दै रोष्टम अगाडि गएर बैठक चल्न नसक्ने बताएपछि विपक्षी दलका सांसदहरु उभिएर विरोध गरेपछि बैठक अवरुद्ध भएको हो । 

कांग्रेसको अवरोधपछि सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभाको बैठक माघ २२ गते सम्मका लागि स्थगित गर्नुभयो ।
 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया