पालिका उपचुनाव : कहाँ–कहाँ भइरहेको छ मतदान ?
मंसिर १६, २०८१ आइतबार
माघ – हरेक वर्ष माघ १ गतेबाट १५ दिनसम्म लाग्ने मैनी मेला मंगलबारदेखि सुरु भएको छ । उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ खोक्सा र सिन्धुलीको दुधौली नगरपालिका ९ घोडागाछीको बीचमा त्रिवेणी मेला सुरु भएको हो ।
ककरु, तावा, र कमला नदीको संगमस्थल त्रिवेणीघाटमा लाग्ने मैनी मेलालाई त्रिवेणी मेलाको रुपमा चिनिएको छ । तीन नदीको संगम स्थलमा मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बली दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास रहँदै आएको छ ।
मंगलबार बिहानदेखि नै यो ठाउँमा मकर नहुँउनेको भीड लागेको छ । तीन नदीको संगमस्थल त्रिवेणीमा मकर नुहाउन विभिन्न जिल्लाबाट आउने गरेको स्थानीय देवी घिमिरे बताउनुहुन्छ । ‘मकर स्नान गरी भाकल गरे अनुसारको पशुपंक्षी बलि दिई पूजा आराधना गर्नाले चिताएको पुग्ने जनविश्वास छ, ।’ उहाँले भन्नुभयो, ‘देशभरका विभिन्न जिल्लाबाट धार्मिक पर्यटकहरु आउने गरेका छन् ।’
यस वर्षको त्रिवेणी मेला आयोजना गर्न सहयोगार्थ स्वरुप व्यवस्थापन गर्न उदयपुर उद्योग बाणिज्य संघ कटारीलाई जिम्मा दिइएको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । व्यवस्थापनको जिम्मा पाएको उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुस्कर खड्काले त्रिवेणी मेला आयोजना गर्दा भएको आम्दामीले अतिथि सदन निर्माणमा खर्च गरिने बताउनुभयो ।
सिन्धुलीको र उदयपुरको सिमा क्षेत्रमा पर्ने तावा, कमला र ककरु खोलाको संगम स्थल त्रिवेणीघाटमा गएको वर्ष दुवैतिर मेला लागेको थियो । यस वर्ष उदयपुरतर्फ मात्र मेला लागेको अध्यक्ष खड्काले जानकारी दिनुभयो । माघ १ गतेदेखि १५ गतेसम्म लाग्ने त्रिवेणी मेला पूर्वी नेपालमै परिचित छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।