६ वटा देशमा एचआईभी सङ्क्रमण सय प्रतिशतले वृद्धि
मंसिर १६, २०८१ आइतबार
काठमाडौं – पछिल्लो १० वर्षमा झण्डै ३९ लाख नेपाली काम खोज्दै विदेशिएका छन् । आर्थिक वर्ष २०६५/०६६ देखि २०७४/०७५ सम्ममा ३८ लाख ९८ हजार ४ सय ७९ जना वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ ।
यसमा ३७ लाख ६ सय ७२ जना पुरुष र १ लाख ९७ हजार ८ सय ७ जना महिला छन् । यो १० वर्षमध्ये आर्थिक वर्ष २०७१/०७२ र २०७२/०७३ मा सबैभन्दा धेरै ५ लाख २७ हजार ८ सय ४१ जना विदेशिएको बोर्डको तथ्याङ्कले देखाउँछ ।
आर्थिक वर्ष २०६५/०६६ मा २ लाख १९ हजार ९ सय ६५ जना, २०६६/०६७ मा २ लाख ९४ हजार ९४ जना, २०६७/०६८ मा ३ लाख ५४ हजार ७ सय १६ जना, २०६८/०६९ मा ३ लाख ८४ हजार ६ सय ६५, २०६९/०७० मा ४ लाख ५३ हजार ५ सय ४३, २०७०/०७१ र २०७१/०७२ मा समान ५ लाख २७ हजार ८ सय १४ जना विदेशिएका छन् ।
यस्तै आर्थिक वर्ष २०७२/०७३ मा ४ लाख १८ हजार ७ सय ३१ जना, २०७३/०७४ मा ३ लाख ६३ हजार ७३ र २०७३/०७४ मा ३ लाख १२ हजार ७ सय ४९ जना विदेशिएको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।
वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार अहिले दिनमा एक हजार जना युवा काम खोज्दै विदेश गइरहेका छन् । आर्थिक वर्ष २०६४/०६५ देखि २०७५/०७६ सम्म ४६ लाख ४० हजार एक सय तीन जना नेपाली विदेशिएको विभागको तथ्याङ्कले देखाउँछ ।
सरकारले अहिलेसम्म वैदेशिक रोजगारीमा गएर फर्किनेहरुको यकिन तथ्याङ्क राखेको छैन । केही महिनादेखि मात्र यस्तो तथ्याँक राख्ने काम सुरु भएको छ । विदेशबाट झण्डै १५ लाख फर्किएको अनुमान गर्दै विभागले अहिले पनि झण्डै ३५ लाख नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न देशमा रहेको जनाएको छ ।
सबैभन्दा धेरै नेपाली काम खोज्दै मलेसिया पुगेका छन् । पछिल्लो १० वर्षमा मलेसिया जाने नेपालीको सङ्ख्या ११ लाख ७७ हजार १ सय ७४ रहेको छ । यसमा ३० हजार ३ सय ४३ जना महिला छन् ।
यस्तै कतार पुगेका १० लाख ८ हजार ६ सय ६२ जनामा १६ दुई सय ३६ जना महिला रहेका छन् । नेपालीहरु धेरै जाने देशको तेस्रो स्थानमा युएई परेको छ । युएईमा ४ लाख ९८ हजार ७० नेपाली रहेकोमा महिलाको सङ्ख्या ५७ हजार ८ सय ३ रहेको विभागले जनाएको छ ।
यस्तै साउदी अरबमा ७ लाख ९४ हजार ८ सय ५ जना पुरुष र ७ हजार ५ सय ८३ जना महिला गरी ८ लाख २ हजार ३ सय ८८ जना नेपाली रहेका छन् । कुवेतमा १ लाख ५६ हजार ५ सय ४१ जना नेपाली रहेकोमा ५६ हजार ६ सय ३५ जना महिला छन् ।
सबैभन्दा धेरै नेपाली रोजगारीका लागि गएको मलेसिया नेपालीहरुको ज्यान जानेमा पनि पहिलो नम्बरमै छ । १० वर्षमा ६ हजार ९ सय २१ जनाको विदेशमै ज्यान गएकोमा मलेसियामा २ हजार ४ सय ९६ नेपालीले ज्यान गुमाएका छन् ।
यस्तै साउदी अरबमा १ हजार ९ सय २, कतारमा १ हजार ३ सय ६७, युएईमा ५ सय ४४, कुवेत २ सय २१ जनाको ज्यान गएको हो । मृत्यु हुने १ सय ५५ जना महिला छन् । विदेशमा ज्यान जानेमा सबैभन्दा धेरै मोरङका छन् । पछिल्लो १० वर्षमा मोरङका ३९ जनाले वैदेशिक रोजगारीकै क्रममा ज्यान गुमाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।