दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ
फागुन ८, २०८१ बिहिबार
दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–४ रक्षाचौरमा रहेको गुरु जजुर नमुना माध्यमिक विद्यालयकी दृष्टीविहीन शिक्षिका शान्ता शर्माले १ लाख १ हजार रुपैयाँकाे अक्षयकोष स्थापना गर्नुभएको छ ।
स्वर्गीय आमाबुबाको स्मृतिमा उहाँले विद्यालयमा ‘जनार्दन–पवित्रा’ स्मृति अक्षयकोष स्थापना गर्नुभएको हो । अनाथ तथा टुहुरा बालबालिकाहरूलाई छात्रवृति प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरेकाे उहाँले बताउनुभयो । याे रकमबाट आएको ब्याजले अनाथ तथा टुहुरा बालबालिका मध्येबाट १ छात्र र १ छात्रा गरी २ जनालाई छात्रवृत्ति प्रदान गरिने शिक्षिका शर्माको भनाइ छ ।
सानैदेखी गरिब, दुःखीलाई सहयोग गर्ने सोच रहँदै आएकोमा अहिले अक्षयकोष स्थापना गरी सहयोग गर्ने अवसर पाउँदा अत्यन्तै उत्साहित भएको उहाँले बताउनुभयो । अक्षयकोष बापतको १ लाख १ हजार रुपैयाँ आज एक कार्यक्रमकाबीच विद्यालयकी प्रधानाध्यापक विष्णु आचार्यलाई हस्तान्तरण गरिएको छ ।
यसअघि विद्यालयमा अन्य विभिन्न व्यक्तिहरूले अक्षयकोष स्थापना गरे पनि कर्मचारीबाट भने यो पहिलो अक्षयकोष भएको प्रधानाध्यापक आचार्यले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।