दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ
फागुन ८, २०८१ बिहिबार
काठमाण्डाै – भारतको ओडिशा राज्यको भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बी–टेक तेस्रो वर्षमा अध्ययनरत एक जना नेपाली विद्यार्थी मृत फेला परेकी छन् ।
बुटवलकी २० वर्षीया प्रकृति लम्साल होस्टलमा मृत भेटिएकी हुन् । मेकानिकल तेस्रो वर्षमा अध्ययनरत भारतीय विद्यार्थी अद्विक श्रीवास्तवको दुर्व्यवहारका कारण प्रकृतिले आत्महत्या गरेको हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मृतकको शवलाई पोस्टमार्टमका लागि क्यापिटल अस्पतालमा राखिएको छ । यस्तै प्रहरीले आरोपी अद्विकलाई पक्राउ गरेको खबरमा उल्लेख छ ।
यसैबीच प्रकृति लम्साललाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग गर्दै केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थीहरूले प्रदर्शन गरेपछि कलेजले सबै नेपाली विद्यार्थीलाई घर फर्कन सूचना जारी गरेको छ । प्रदर्शनका कारण तनावपूर्ण अवस्था बनेपछि कलेजले ५ सय जनाभन्दा धेरै नेपाली विद्यार्थीलाई बलपूर्वक बाहिर निकालेको खबरमा उल्लेख छ ।
आफूहरूलाई विश्वविद्यालयले भुवनेश्वर र कटक रेलवे स्टेशनमा ल्याएर छोडिदिएको तर नेपाल जाने रेल बिहीवार मात्र चल्ने भएकाले आफूहरू अलपत्र परेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
नयाँ दिल्लीमा रहेको नेपाली दूतावासले विश्वविद्यालयका प्रतिनिधिसँग कुरा गरेको र नेपाली विद्यार्थीको सुरक्षा व्यवस्था मिलाउन आग्रह गरेको जनाएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लेख्दै विश्वविद्यालयले नेपाली विद्यार्थीलाई निकालेकोबारे कुटनीतिक रूपमा बुझ्ने काम भइरहेको बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।