च्याम्पियन्स ट्रफीमा चम्किन सक्ने ५ जना ब्याटर

 फागुन ५, २०८१ सोमबार १५:२५:१२ | एजेन्सी
unn.prixa.net

तस्वीर : आईसीसी

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पर्सि बुधवारदेखि शुरू हुने च्याम्पियन्स ट्रफीमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको सूची सार्वजनिक गरेको छ ।

एकदिवसीय फर्म्याटमा विश्वकपपछिको प्रतिष्ठित प्रतियोगिताका लागि आईसीसीले सार्वजनिक गरेको सूचीमा पाकिस्तानका फखर जमान, न्युजिल्यान्डका ड्यारेल मिचेल, दक्षिण अफ्रिकाका हेनरिच क्लासेन, भारतका श्रेयस अय्यर र इङ्गल्यान्डका बेन डकेट परेका छन् ।

फखर जमानले ८५ एकदिवसीय क्रिकेटमा ४६.५० को औसतमा ११ शतक र १७ अर्धशतकसहित ३ हजार ६२७ रन बनाएका छन् । फखरलाई सईद अनवरपछि पाकिस्तानको सीमित ओभरको उत्कृष्ट ओपनर मानिन्छ । फखरसँग केही क्षणमै खेललाई परिवर्तन गर्न सक्ने क्षमता छ ।

ड्यारेल मिचेलले ४५ एकदिवसीय क्रिकेटमा ५०.४२ को औसतमा ६ शतक र ७ अर्धशतकसहित १ हजार ७ सय ६५ रन बनाएका छन् । न्युजिल्यान्डले मिचेलबाट धेरै अपेक्षा गर्नेछ, न्युजिल्यान्डले सन् २००० पछि पहिलो पटक च्याम्पियन्स ट्रफी जित्ने तयारी गरेको छ ।

हेनरिच क्लासेनले ५८ एकदिवसीय क्रिकेटमा ४४.१२ को औसतमा ४ शतक र १० अर्धशतकसहित २ हजार ७४ रन बनाएका छन् । मध्यक्रमका ब्याटर क्लासेनसँग थोरै समयमा नै आक्रमक खेल प्रदर्शन गरेर रन जोड्ने क्षमता छ । क्लासेनले विकेटकीपरको भूमिका पनि राम्रोसँग निभाउने क्षमता राख्छन् ।

श्रेयस अय्यरले ६५ खेलमा ४८.१८ को औसतमा ५ शतक र २० अर्धशतकसहित २ हजार ६ सय २ रन बनाएका छन् । पछिल्लो समय अय्यरमाथि भारतीय टोलीको निर्भरता बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा उनले मध्यक्रममा परिपक्व उपस्थिति देखाइरहेका छन्,  उनको प्रदर्शनले शीर्षक्रमका ब्याटरलाई दबाव दिइरहेको छ ।

बेन डकेटले १९ खेलमा ४६.१६ को औसतमा २ शतक र ६ अर्धशतकसहित ८ सय ३१ रन बनाएका छन् । डकेटसँग राम्रो स्ट्राइक रेटमा ब्याटिङ गर्न सक्ने क्षमता छ । ओपनिङ ब्याटर डकेट शुरूदेखि नै आक्रामक रूपमा प्रस्तुत हुने गरेका छन् ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया