शेयर बजार झन्डै ३० अङ्कले बढ्यो, १० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

 फागुन ५, २०८१ सोमबार १५:१९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९.८७ अङ्कले बढेर २ हजार ७२७.९१ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, जलविद्युत् र व्यापार बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, होटल, माइक्रोफाइनान्स र अन्य समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखारी साना हाइड्रोपावर, एक्सेल विकास बैंक, गार्डियन माइक्रो लाइफ इन्सुरेन्स र दिव्यश्वरी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन सप्तकोशी विकास बैंकको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज कारोबार रकम पनि बढेको छ । हिजो ९ अर्ब ४७ करोडको शेयर कारोबार भएकोमा आज ३०२ वटा कम्पनीका १ करोड ८० लाख कित्ता शेयर १० अर्ब ४ करोड रुपैयाँमा किनबेच भएको छ ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया