दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ
फागुन ८, २०८१ बिहिबार
काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले सडक तथा गल्लीहरूको भौगोलिक सूचना प्रणाली (जीआईएस) मा आधारित नक्शाङ्कनको काम गरिरहेको छ । सडकको सूची तयार गर्न, वैज्ञानिक र मौलिक नामकरण गर्न तथा सडकसँग सम्बन्धित पूर्वाधार अभिलेखन गर्न नक्शाङ्कनकाे काम भइरहेको महानगरले जनाएको छ ।
२०५८ सालमा भएको काठमाण्डाै उपत्यका म्यापिङबाट भएको दुई हजार पाँच सय ७८ वटा पथ, सडक, मार्ग र गल्लीहरूको नामाङ्कन र नक्शाङ्कन अवस्थालाई अद्यावधिक गरिनेछ । नक्शाङ्कनका लागि पाँच जना भौगोलिक सूचना प्रणाली इन्जिनियर र पाँच जना सिनियर सर्भेयर खटिएका छन् ।
यसअघि नक्शा बनाउँदाको अवस्था र अहिलेको अवस्था फरक रहेका कारण नक्शाङ्कनकाे काम थालेको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले बताउनुभयो । वडामा सडक, पथ, गल्ली र चोकको नाम परिवर्तन गर्न माग आइरहेकोले त्यस्ता माग सम्बोधनका लागि वैज्ञानिक तथ्याङ्क चाहिने भएकाले पनि नक्शाङ्कन महन्त्वपूर्ण रहेको उहाँको भनाइ छ ।
नक्शाङ्कनको कामबाट सडकको सूची तयार हुनुका साथै सडक र सडक सञ्जालको मौलिक र वैज्ञानिक नाम, सडकसँग सम्बन्धित योजना, फोहरमैला व्यवस्थापन, ट्राफिक व्यवस्थापन, आपत्कालीन द्रुत सेवालगायत क्षेत्रका तथ्य र तथ्याङ्क हुनेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।