दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ
फागुन ८, २०८१ बिहिबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई रुसविरूद्ध लड्न गरेको सहयोगको बदलामा आधा खनिज स्रोतको स्वामित्व दिनुपर्ने माग गर्नुभएको छ । ट्रम्प प्रशासनका वित्तमन्त्री स्कट बेसेन्टले युक्रेनका राष्ट्रपति भलोदिमिर जेलेन्स्कीसँग गरेको भेटमा ट्रम्पको प्रस्ताव सुनाउनुभएको अमेरिकी सञ्चारमाध्यम वाशिङ्टन पोस्टले जनाएको छ ।
युक्रेनको राजधानी किभमा भएको वार्तामा बेसेन्टले अहिलेसम्मको सहयोगसँगै आउँदा दिनमा पनि सहयोग जारी राख्नका लागि आधा खनिजमा स्वामित्व दिनुपर्ने शर्त राख्नुभएको हो । बुधवारको वार्तामा भएको प्रस्तावबारे थप अध्ययन गर्ने बताएका जेलेन्स्कीले आज अस्वीकार गरेको जानकारी गराउनुभएको वाशिङ्टन पोस्टको खबरमा उल्लेख छ ।
ग्रेफाइट, लिथियम र युरेनियमसहित युक्रेनको सबै खनिज स्रोतहरूमा ५० प्रतिशत स्वामित्व प्रदान गर्नुपर्ने अमेरिकी शर्त छ । किभ स्कुल अफ इकोनोमिक्सले स्कलन गरेको सूचीअनुसार तेल र प्राकृतिक ग्यासबाहेक युक्रेनमा टाइटेनियम, लिथियम र युरेनियमसहित १ सय ९ वटा महत्त्वपूर्ण खनिज भण्डार छन् ।
युरोपेली देशहरूले अमेरिकाको प्रस्तावप्रति आपत्ति जनाएका छन् । रुससँगको युद्धपछि युक्रेनले प्राकृतिक स्रोतबाट हुने पूरै आम्दानी देशको सुरक्षामा खर्च गरिरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।