शहीद सप्ताहअन्तर्गत आज गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

 माघ १५, २०८१ मंगलबार १०:५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शहीद सप्ताहअन्तर्गत आज गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सालिकमा पुष्प गुच्छा अर्पण गरी सम्झना गरिँदैछ ।

यही माघ १० गतेदेखि शुरू भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज विष्णुमती नदी किनार शोभा भगवतीमा शहीदहरुको शालिकमा पुष्पगुच्छा अर्पणसहित सम्झना गर्न लागिएको हो । श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको ठाउँमा स्तम्भ, अर्ध कदको सालिक र पूर्ण कदका सालिक राखिएका छन् ।

राणा शासनको विरुद्धमा काम गरेको र नागरिकलाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो ।

शहीद सप्ताह कार्यक्रम अन्तर्गत माघ १० गते शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको ठाउँ टेकु पचलीमा र अस्ति १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको ठाउँ सिफलमा स्थापना गरिएको सालिकमा पुष्प गुच्छा अर्पण गरिएको थियो ।

हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ । शहीद दिवसको अवसरमा भोलि शान्ति बाटिकाबाट प्रभातफेरि गर्दै लैनचौरमा पुगेर सभा हुनेछ । 
 

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया