दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ
फागुन ८, २०८१ बिहिबार
काठमाण्डौ – तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो लागेको छ । बाक्लो हुस्सुका कारण केही दिनदेखि घाम नलाग्दा तराई/मधेसमा जनजीवन प्रभावित बनेको छ ।
आज कोशी प्रदेशको पहाडी भागमा मौसम आंशिक बदली छ । बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना छ ।
काठमाण्डौमा हिजोको भन्दा आज तापक्रम केही बढेको छ । काठमाण्डौमा आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन भएको छ ।
दिउँसो अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । हिजो बिहान पौने ६ बजे काठमाडौको न्यूनतम तापक्रम ६ दशमलव १ डिग्री सेल्सियस रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।