चीन र भारतलाईसमेत जोड्ने खाँदबारी–किमाथाङ्का सडक १५ वर्षपछि जोडियो

 माघ १५, २०८१ मंगलबार ८:५:८ | रासस
unn.prixa.net

काठमाण्डौ – राष्ट्रिय गौरवको आयोजना खाँदबारी–किमाथाङ्का सडक १५ वर्षपछि जोडिएको छ । पूर्वी पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट किमाथाङ्कासम्मको एक सय ६२ किलोमिटर सडक जोडिएको हो ।

भोटखोला गाउँपालिकाको च्याम्ताङ्ग पुगेर हिजो सङ्घीय सरकारका मन्त्रीहरु सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य एवम् उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्का, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईको उपस्थितीमा सडकको ‘ब्रेक थ्रु’ अर्थात् छिचोल्ने काम गरिएको हो ।

यो सँगै त्रिदेशीय सडक सञ्जाल जोडिएको छ । सडकले चीन र भारतलाई पनि जोडेको छ । भारतको जोगवनीदेखि सङ्खुवासभाको सदरमुकाम खाँदबारी—किमाथाङ्का हुँदै चीन जोडिएको हो । उत्तर दक्षिण कोशी राजमार्गअन्तगर्त तीन सय ६२ किलोमिटर रहेको सबैभन्दा छोटो राजमार्ग जोडिएको हो ।

भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको साढे १० किलोमिटर ट्र्याक खोल्ने काम नेपाली सेनाले पाँच वर्षअघिदेखि शुरू गरेको थियो । शङ्खे भीरको कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक भएको भन्दै २०७६ भदौ २२ गते मन्त्रीपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो ।

खाँदबारीबाट किमाथाङ्कासम्मको सडक बिस्तारको काम गर्न २०६६ सालमा उत्तर दक्षिण कोशी सडक आयोजना शुरू भएको हो । आयोजना शुरू भएको १५ वर्षपछि नाका जोडिएको हो । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री खड्काले खाँदबारी–किमाथाङ्का सडक जोडिएसँगै त्रिदेशीय पारवहनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । 

अन्तिम अपडेट: फागुन ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया