दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ
फागुन ८, २०८१ बिहिबार
काठमाण्डौ – भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात हुने भएको छ । देशभित्र माग अनुसार गहुँको उत्पादन हुन नसकेपछि छिमेकी भारतबाट आयात गर्न लागिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारत सरकारसँग दुई लाख मेट्रिक टन गहुँको माग गरेकोमा भारतले नेपाललाई ९० हजार मेट्रिक टन उपलब्ध गराउने सहमति जनाएको थियो । त्यस अनुसार गहुँ आयात गर्नका लागि आवेदन माग गरिएको छ ।
नेपालमा झण्डै २१ लाख मेट्रिक टन गहुँ उत्पादन हुने गरेको छ । यो उत्पादनले माग धान्न पुग्दैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७९/८० मा ६ लाख ९७ हजार ७ सय ६२ हेक्टर क्षेत्रफलमा २० लाख ९८ हजार ४ सय ६२ मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भारतबाट ९० हजार मेट्रिक टन गहुँ आयात गर्न इच्छुक फर्म र कम्पनीका लागि आवेदन माग गरेको हो ।
गहुँ आयातका लागि इच्छुक फर्म वा कम्पनीले न्यूनतम एक सय मेट्रिक टनदेखि १० हजार मेट्रिक टन गहुँको परिणाम खुलाई सात दिनभित्र विभागमा आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।