हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने

 माघ १४, २०८१ सोमबार ९:४४:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

प्यालेस्टाइनको विद्रोही समूह हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको छ ।

उत्तरी गाजामा मानिसहरूलाई फर्कन अनुमति दिने बदलामा हमासले थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने भएको हो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासले यस हप्ता थप ६ जना इजरायली बन्धकहरूलाई रिहा गर्ने र उत्तरी गाजाका मानिसहरूलाई आजैदेखि आफ्नो घर फर्कन अनुमति दिइने बताउनुभएको बीबीसीले जनाएको छ ।

रिहा गरिने बन्धकमध्ये एक इजरायली नागरिक अर्बेल येहुद पनि रहेकी खबरमा उल्लेख छ । आम नागरिकको रिहाइ नहुँदा इजरायलले उत्तरी गाजाका मानिसहरूलाई आफ्नो घर फर्कन अनुमति दिएको छैन ।

हमासले अस्ति शनिवार पनि चार जना बन्धकहरूलाई रिहा गरेको थियो । गाजा युद्धविराम सम्झौता कार्यान्वयन भएदेखि, हमासले सात बन्धकहरूलाई रिहा गरेको छ । इजरायलले पनि दुई सय प्यालेस्टिनी बन्दीलाई रिहा गरेको छ ।
 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया