प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : उपाधिका लागि आज सुदूरपश्चिम र एपीएफ खेल्दै

 माघ १२, २०८१ शनिबार ६:५५:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – धनगढीमा चलिरहेको प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब खेल्दैछन् ।

खेल बिहान १० बजे शुरू हुनेछ । हिजो सम्पन्न सुपर फोरको अन्तिम खेलमा बाग्मती प्रदेशलाई ३० रनले हराएर सुदूरपश्चिम फाइनलमा पुगेको हो ।

त्यसअघि हिजै भएको सुपर फोरको पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर फाइनलमा पुगेको हो । यही माघ १ गतेदेखि शुरू भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।

प्रतियोगिताको उपाधि विजेताले पाँच लाख, उपविजेताले तीन लाख, प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरले २५–२५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया