पैदल हिँड्दा गाडीलाई दोष, गाडीमा गुड्दा जेसुकै होस् !
माघ १३, २०८१ आइतबार
सन् २०२४ मा अत्यधिक प्रतिकूल मौसमका कारण २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
बालबालिकासम्बन्धी हेर्ने निकाय (युनिसेफ) ले सार्वजनिक गरेको प्रतिवेदनमा ८५ देशका बालबालिका प्रभावित भएका र सबैभन्दा धेरै गर्मीको चपेटामा परेका उल्लेख छ ।
जलवायुजन्य जाेखिमबाट बढी प्रभावित दक्षिण एशियामा मात्रै १२ करोड ८० लाख विद्यालयका बालबालिका प्रभावित भएका छन् । कक्षाहरूमा अनुपस्थित भएका, बिदाहरू थपिएको, विद्यालय पुनः खोल्न ढिलाइ भएको, समय तालिकाहरू परिवर्तन भएको र विद्यालयहरूसमेत क्षतिग्रस्त वा नष्ट भएको तथ्याङ्कले देखाएको छ ।
युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसलले निकाल्नुभएको विज्ञप्तीमा धेरै बालबालिका अत्यधिक गर्मीको मारमा परेका र केही ठाउँमा चिसोले पनि उत्तिकै असर गरिरहेको उल्लेख छ ।
कार्वन उत्सर्जनका कारण पृथ्वीको औसत तापक्रम बढिरहेको र त्यसैका कारण मौसमको ढाँचा परिवर्तन हुँदा बालबालिकाको शिक्षा प्रभावित भइरहेको युनिसेफको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२४ मा विश्वको औसत तापक्रम उच्च बिन्दुमा पुगेको छ । केही वर्षदेखि चिसोयाम बढी चिसो, सुक्खायाम बढी सुक्खा तथा गर्मी र आँधीबेहरी तीव्र हुँदा मौसमजन्य विपत्तिहरु पनि बढेका छन् ।
युनिसेफले जलवायु जोखिम प्रतिरोधी कक्षाकोठामा लगानी गर्न पनि आह्वान गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।