भरतपुर महानगरको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सम्पन्न

 माघ ११, २०८१ शुक्रबार १८:३०:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चितवनको भरतपुर महानगरपालिकाको शहरी क्षेत्रमा भूमिगत विद्युतीकरणको पहिलो फिडरको परीक्षण सम्पन्न भएको छ ।

परीक्षणको शुभारम्भ गर्दै महानगरपालिकाकी मेयर रेनु दाहालले ताररहित महानगर बनाउने योजना अनुरूप विद्युत् प्राधिकरणसँगको सहकार्यमा काम गरिएको बताउनुभयो । यसले महानगरपालिकालाई 'स्मार्ट सिटी' बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

काठमाण्डाैपछि चितवन र पोखरामा भूमिगत विद्युतीकरणको काम भइरहेको छ । भरतपुरमा निर्माणाधीन ६ लेन सडक, बाइपासरोड र आँपटारीबाट पुलचोकसम्म पहिलो चरणमा काम भइरहेको छ । भूमिगत विद्युतीकरण ११ केभी लाइन जडान भई अन्य फिडरमा पनि जडान हुने नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले जानकारी दिनुभयो ।

आयोजनाका इन्जिनियर राजेन्द्र पौडेलका अनुसार अहिले ३३ केभीको काम सम्पन्न भई ११ केभी जडानको कार्य तीव्र रूपमा अघि बढेको छ । एक महिनाभित्र ६ वटा फिडरबाट बिजुली आपूर्तिको कार्य पूरा हुने र ६ महिनाभित्र १७ वटै फिडरको काम सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।

भूमिगत विद्युतीकरणसँगै इन्टरनेट फाइबर बिछ्याउने कार्य पनि अघि बढिरहेको छ । अबको ६ महिनापछि सबै पोलहरू हटाइने छ । सबै विद्युतीय संरचना भूमिगत हुने आयोजनाले जनाएको छ ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया