प्रधानमन्त्रीबाट तिनाउ गाउँपालिकाको भवन उद्घाटन

 माघ ११, २०८१ शुक्रबार १८:२०:४२ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा रहेकाे प्रशासकीय भवनको आज 'भर्चुअल' माध्यमबाट उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले कार्यक्रमस्थलमा पुगेर उद्घाटन गर्ने प्रबल इच्छा भए पनि स्वास्थ्य स्थितिले साथ नदिएका कारण आउन नसकेको उल्लेख गर्दै नयाँ भवनबाट नागरिकलाई धेरै सेवा दिन र विकास निर्माणका काम थप अगाडि बढाउन सक्नुहोस् भनी कामना गर्नुभयो । पाल्पाको विकास निर्माणको मार्गलाई अझ तीव्र रूपमा अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन भएको बताउनुभयो । सरकार परिवर्तन हुन्छ भनेर अस्थिरता मच्चाउने तत्त्वहरूले चलाएको हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभयो । नेकपा (एमाले) र नेपाली कांग्रेससहितको यो सरकार २०८४ को चुनावसम्म एकताबद्ध भएर पूर्वसहमतिबमोजिम अघि बढ्ने उहाँले स्पष्ट पार्नुभयो ।

केही व्यक्तिले विकासका कामलाई सुन्न नचाहेर विकास विरोधी कुरा गरिरहे पनि त्यस्ता कुराको अर्थ नहुने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया