दिल्लीको नयाँ मुख्यमन्त्रीमा रेखा गुप्ताको शपथ
फागुन ८, २०८१ बिहिबार
भर्खरै शुरु भएको अंग्रेजी वर्ष सन् २०२५ मा विश्वव्यापी आर्थिक वृद्धि दुई दशमलव आठ प्रतिशत हुने संयुक्त राष्ट्रसंघको एक रिपोर्टले जनाएको छ । मुद्रास्फीति घट्नु, श्रम बजारको अवस्था सुधार हुनु र मौद्रिक सहजताका बाबजुद पनि विश्वव्यापी वृद्धि कोभिड महामारीभन्दा अघिकोभन्दा कम रहने अनुमान गरिएको रिपोर्टलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
विश्व अर्थतन्त्रले महत्वपूर्ण अनिश्चितताको सामना गरिरहेको संयुक्त राष्ट्रसंघको विश्व आर्थिक स्थिति र सम्भावना २०२५ को प्रतिवेदनले जनाएको छ । अर्को वर्ष अर्थात् सन् २०२६ मा भने विश्व अर्थतन्त्र दुई दशमलव नौ प्रतिशतले बढ्ने छ । तर, भूराजनीतिक द्वन्द्व, बढ्दो व्यापार तनाव र धेरै देशहरूको उच्च ऋणका कारण अर्थतन्त्रको बिचैमा सङ्कट आउन सक्ने पनि उल्लेख छ ।
संयुक्त राज्य अमेरिकामा अघिल्लो वर्ष सन् २०२४ मा दुई दशमलव आठ प्रतिशतको वृद्धि भएकोमा यो वर्ष घटेर एक दशमलव नौ प्रतिशतमै सिमित रहने अनुमान छ । गएको वर्ष सन् २०२४ मा युरोपमा शून्य दशमलव नौ प्रतिशतको वृद्धि भएकोमा यो वर्ष एक दशमलव तीन प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान छ । तर यूरोपले यो वर्ष पनि धेरै चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।
चीनको आर्थिक वृद्धि चार दशमलव आठ प्रतिशत हुने अनुमान छ । संसारभरमा सबैभन्दा धेरै आर्थिक वृद्धिदर दक्षिण एशिया क्षेत्रमा हुने देखिन्छ । दक्षिण एशियामा पाँच दशमलव सात प्रतिशतको आर्थिक वृद्धि हुनेछ । जसमा भारतको छ दशमलव छ प्रतिशतको आर्थिक वृद्धिले ठूलो सहयोग गर्नेछ । भारत संसारकै धेरै आर्थिक वृद्धि हुने देशमा पर्ने अनुमान छ ।
यस्तै अफ्रिका सन् २०२४ मा तीन दशमलव चार प्रतिशतको वृद्धि भएकोमा सन् २०२५ मा तीन दशमलव सात प्रतिशतमा बढ्ने अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।