कालीकोटको खाँडाचक्रमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा भुक्तानी...
माघ १०, २०८१ बिहिबार
काठमाण्डाै – प्रहरीको नक्कली इन्स्पेक्टर बनेर ठगी गर्ने दुई जनालाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–७ थापाचोक बस्ने ३८ वर्षीय सुदीप थापा र सप्तरीको खडक नगरपालिका–१० घर भई काठमाण्डौ महानगरपालिका–३२ कोटेश्वर बस्ने ४४ वर्षीय किशोरकुमार चौधरी रहेका छन् ।
थापा र चौधरीले प्रहरी निरीक्षकको पोशाक लगाई नक्कली परिचयपत्र, विशेष बढुवा सिफारिश सूची प्रकाशित भएको पत्र, विभिन्न उच्च पदस्थ व्यक्तिहरूसँगको फोटो देखाई सम्पर्क रहेको र वैदेशिक रोजगारीका लागि विदेश पठाउने भन्दै ठगी गरेको सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूको साथबाट प्रहरी निरीक्षकको परिचयपत्र एक थान, प्रहरी निरीक्षकको पोशाक लगाएको फोटो चार थान र मोबाइल एक थान बरामद भएको छ । उनीहरूलाई ठगी तथा लिखतसम्बन्धी कसूर (किर्ते) मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।