'बीआरआई' मा सरकारले ऋण लिँदैन : मन्त्री गुरुङ

 मंसिर ११, २०८१ मंगलबार १८:१२:१ | रासस
unn.prixa.net

तस्वीर : रासस

काभ्रेपलाञ्चाेक – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चिनियाँ परियोजना 'बेल्ट एन्ड रोड इनिसिएटभ' (बीआरआई) अन्तर्गत सरकारले ऋण नलिने बताउनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आउँदो हप्ता हुने चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर अनुदान सम्झौता गर्नसक्ने मन्त्री गुरुङले बताउनुभयो ।

आज काभ्रेको धुलिखेलमा भएको कार्यक्रममा उहाँले बीआरआई लागू गर्ने वा नगर्नेबारे दुई कोणबाट विचार आइरहेको तर सरकार सम्झौता गरिहाल्नुपर्छ भन्नेमा नरहेको बताउनुभयो । 'एमओयू' गरेकाले कार्यान्वयन गर्नुपर्ने मन्त्री गुरुङको भनाइ छ । उहाँले सरकारको नीति जहाँबाट पायो त्यहाँबाट ऋण लिने नभएको दोहोर्‍याउनुभयो ।

चीनले अनुदान दिएमा त्यो स्वीकार गर्ने र त्यसमा सम्झौता हुनसक्ने मन्त्री गुरुङले बताउनुभयाे ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया